शुक्रबार , साउन १५, २०७८

माओवादी केन्द्र वैधानिक होइन, निर्वाचन आयोगमा दर्ता छैन : पूर्वमाओवादी नेता प्रभु साह

असार १४, २०७८ सोमबार 125

काठमाडौं । सशस्त्र द्धन्द्धमा माओवादीमा रहेर विद्रोह गरेर हाल नेकपा एमाले बनेका पूर्वमाओवादी नेता एवं पूर्वमन्त्री प्रभु शाहले माओवादी केन्द्र वैधानिक नभएको बताएका छन् ।

आइतबार एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अवैध रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ अवैधानिक रहेको उनले बताए | उनले भने, ‘माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता नै छैन ।

हामी निर्वाचन आयोगमा सोध्न जाँदा प्रमुख आयुक्त अयोधीप्रसाद हामीलाई थाहै छैन भन्नुहुन्छ । त्यसैले उहाँले माओवादीलाई कसरी वैधानिकता दिनुभयो ? त्यसैले माओवादी केन्द्र दर्ता नै छैन । यो निर्वाचन आयोगको कर्तव्य हो

कि होइन ?’अवैध पार्टीको अवैधानिक अध्यक्षले कारबाही गरेको पनि अवैधानिक रहेको पनि उनले बताएका छन् । उनका अनुसार ५ वर्षमा महाधिवेशन नगर्र्ने पार्टी कसरी माओवादी हुन्छ ?उनले भने,

‘नेपालमा निर्वाचन आयोग भनेको पकेटबाट हुन्छ ?भागबन्डाबाट हुन्छ ? आयोगको आयुक्त कसरी हुन्छन् ? ती सबै मलाई थाहा छ । आयोगको गरिमामा बसेर काम गर्ने कि अवैध भए नभएको पनि थाहा नपाउने ।

पाँच वर्षमा अद्यावधिक निर्वाचन हुन्छ तर, ९ वर्षमा हुँदा पनि पार्टीको अधिवेशन हुँदैन | प्रचण्ड अध्यक्ष हो ? जो प्रभु शाह र अन्य मान्छेलाई पदबाट हटाउने प्रचण्डलाई सोध्न चाहन्छु–तपाई कानूनी र नैतिक रुपले तपाई अध्यक्ष हो ?

कुन सालको अध्यक्ष हो ?’अध्यक्षको हैसियत भएकाले मात्र अन्य सदस्यलाई पदबाट हटाउनले सक्ने उनले बताएका छन् ।यद्यपि, पाँच वर्षपछि अध्यक्षबाट स्वतः पदमुक्त हुने प्रावधन रहे पनि अहिलेसम्म

अध्यक्षै भइरहनुलाई उनले अवैध भनेका छन् ।उनले भनेका छन्, ‘ उहाँ ०६९ सालदेखि पार्टीको अध्यक्ष भइरहनुभएको छ । निर्वाचन आयोग महाधिवेशन भएको हेर्दैन । माओवादी केन्द्र नामको पार्टी छ ।

तर, माओवादी केन्द्र कहिले भयो पार्टी यसको वैधानिकता के छ ? म जान्न चाहन्छु । कुन महाधिवेशनबाट माओवादीको नाम राखियो । कुन प्रोसेसबाट माओवादी बनाइयो । जुन अवैध पार्टीको अध्यक्ष नै अवैधानिक छ,

पाँच वर्षमा निर्वाचन गर्नुपर्छ कि पर्दैन ? अनि प्रभु साहलाई कारबाही गर्न प्रचण्ड वैध हो कि अवैध ?’सर्वाेच्च अदालतले नेकपाबाट पूर्वमाओवादी केन्द्र र पूर्वएमालेलाई पूर्ववत् अवस्थामा फर्कादिएपछि शाह एमालेमा प्रवेश गरेका थिए ।

साहसँगै पूर्वमाओवादी तथा पूर्व गृहमन्त्री बादल, मन्त्रीहरु टोपबहादुर रायमाझी मणि थापालगायत नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

तीनै नेताहरुको बलजोडले माओवादी केन्द्र ल्याइयो र अध्यक्षमा प्रचण्डलाई नै मानिएको थियो तर, अहिले साह भने माओवादी केन्द्र अवैध र अध्यक्ष नै अवैधानिक रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्