शुक्रबार , साउन १५, २०७८

एप्पलले ठूलो डिस्प्ले भएको आइप्याड ल्याउने अनुमान

असार १४, २०७८ सोमबार 157

यस वर्ष ११ इन्च र १२.९ इन्च डिस्प्ले भएको आइप्याड सार्वजनिक गरेलगत्तै एप्पल अझै ठूलो डिस्प्ले आकारको आइप्याड

उत्पादनमा लागेको छ। एप्पलले आफ्ना उपभोक्ताहरुका लागि ठूलो आकारको आइप्याड प्रो मोडलहरु ल्याउने योजना एप्पल इन्साइडरले खुलासा गरेको छ।

हाल एप्पलको सबैभन्दा ठूलो ट्याब्लेट १२.९ इन्चको ‘आइप्याड प्रो’ हो। कम्पनीले आफ्ना अन्य साना आइप्याड मोडलका आकार परिवर्तन गरिरहेपनि सबैभन्दा

ठूलो डिस्प्ले हुने नयाँ आइप्याड उल्लेखनीय बन्ने अपेक्षा छ। ब्लुमबर्गका अनुसार अहिले एप्पल ठूलो आकार भएको ट्याब्लेटमा काम गरिरहेका छ र कम्पनीका

इन्जिनियर तथा डिजाइनरहरु यसको नयाँ संस्करणको तयारी गर्दैछन्। यो ट्याब्लेट केही वर्षभित्र सार्वजनिक हुन सक्ने अनुमान छ। यो नयाँ आइप्याडको डिस्प्ले

आकार १३ इन्च वा बढी हुन सक्ने अनुमान छ। यस्तो ट्याब्लेट ल्यापटप चलाउने उद्देश्य लिएका उपभोक्ताले किन्ने सम्भावना धेरै रहेको टाइम्स अफ इन्डियाले

बताएको छ।यदी एप्पलले आफ्नो उपकरण  विशेषगरी ती उपभोक्ताका लागि बनाउन लागेको हो भने कम्पनीले अर्को ‘म्याजिक किबोर्ड’ उपकरण पनि बनाउन सक्छ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार यस वर्षको पहिलो त्रैमासिकमा १०.२ इन्चको आठौँ जेनेरेसन एप्पल आइप्याड सार्वधिक बिक्री भएको आइप्याड भएको थियो।

प्रयोगकर्ताले नयाँ आइप्याडका मोडलहरु मन पराएका हुनाले कम्पनी अझ ठूलो मोडलमा काममा अगाडि बढेको देखिन्छ। एप्पलले भने

भविष्यमा आउने आइप्याडबारे कुनै जानकारी गराएको छैन। यसबारे अनलाइनमा भेटिएका सबै कुरा एप्पलका विश्लेषक र प्रशंसकहरुका अनुमान हुन्।

प्रतिकृया दिनुहोस्