शुक्रबार , साउन १५, २०७८

स्याउ त’स्करी प्र’करणः चार प्रहरीवि’रूद्ध का’रबाही सिफारिस

असार १४, २०७८ सोमबार 208

चिनियाँ स्याउ त’स्करी प्र’करणमा छानबिनका लागि गठित प्रहरीको टोलीले चार जना प्रहरीलाई दो’षी ठहर गरेको छ।

सुनसरीको नाकाबाट त’स्करी गरी भारत पुYर्‍याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानबिन टोलीले चार जनालाई

का[रबाहीको सिफारिस पनि गरेको छ। भारतीय प्रहरीले जेठ ३० गते त[स्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरा’मद गरेपछि त्यसबारे अनुसन्धान

गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छा’नबिन टोली गठन गरेका थिए। स्याउ त’स्करी का’ण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी

कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ। अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य

प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ। जेठ २९ गते राति हरिपुर चोकको

बाटो हुँदै लौकही नाकाबाट चाइनिज स्याउ बोकेका तीन वटा नेपाली नम्बरका ट्रक भारतसम्म पुगेको पाइएको छ। घटनापछि सीमा प्रहरी चौकी

भण्टाबारीका तत्कालीन ईञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई

आशनारायण चौधरी निलम्बनमा परेका थिए। छानबिन टोलीले कार्कीलाई दो’षी भएको निष्कर्ष निकालेको छ भने थापा र चौधरीलाई निर्दोष देखाएको छ।

अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दो’षी देखिएकाले उनीहरूलाई का’रबाहीको

लागि सिफारिस गरिएको छ। सो प्र’करणमा प्रहरीका उच्च अधिकारीको पनि संलग्नता रहेको चर्चा थियो। तर, छा’नबिन प्रतिवेदनमा त्यसबारे उल्लेख छैन।

जुनियर प्रहरी अधिकारीले माथिका अफिसरबारे छानबनि नगर्ने भन्दै प्रहरीभित्र असन्तोष प्रकट भएको थियो।  यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर

बराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छा’नबिन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दो’षी ठहर गरेको छ।

नाका सि’ल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन चाइनिज स्याउ बोकेर तीन वटा नेपाली ट्रक सजिलैसँग भारतीय भूमि पुगेका थिए।

प्रतिकृया दिनुहोस्