मंगलबार , साउन १२, २०७८

१२ वर्षको उमेरमा कम्प्युटर गेम बनाएका एलन मस्क यसरी बने संसारकै धनी व्यक्ति

असार १५, २०७८ मंगलबार 125

काठमाडौं  : एउटा कम्प्युटर गेमबाट १२ वर्षको उमेरमै पाँच सय अमेरिकी डलर कमाएका एलन मस्क आज ५० वर्ष पुगेका छन् । याे अवधिमा उनी संसारकै धनी व्यक्ति बन्न सफल भएका छन् ।

सन् १९७१, जून २८ तारिखमा दक्षिण अफ्रिकामा जन्मेका मस्कको सफलताको कथा बाल्यकालदेखि नै सुरु हुन्छ ।सन् १९८४ मा आफूले बनाएको पहिलो कम्प्युटर गेम ‘ब्लास्टर’ को कोड पाँच सय अमेरिकी

डलरमा म्यागेजिन पीसी एण्ड अफिस टेक्नलोजीलाई उनले बेचेका थिए । अन्तरिक्ष प्रेमीका रुपमा पनि चिनिने मस्कको सो ब्लास्टर गेम अन्तरिक्ष सम्बन्धी नै थियो ।

बायोग्राफी पोर्टलमा प्रकाशन भएको एउटा लेखमा उल्लेख गरिएअनुसार सफ्टवेयर बनाएर बेच्न सक्यो भने पैसा कमाउन सकिने भन्ने थाहा पाएपछि उनले आफ्नो पहिलो गेम बनाएका थिए ।

त्यतिखेर कमाएको पैसाले उनले नयाँ कम्प्युटर किनेका थिए ।त्यसपछि ९० दशकको मध्यतिर उनले आफ्नो भाइ किम्बलसँग मिलेर ‘जिप२’ (Zip2) सफ्टवेयरको विकास गरेका थिए,

जसलाई सन् १९९९ मा कमप्याक नामको कम्पनीले ३०५ अमेरिकी डलरमा खरिद गरेको थियो ।पैसाको महत्त्व राम्रोसँग बुझेका मस्कले सो सफ्टेयर बेचेको एक महिनापछि नै अनलाइन पेमेन्ट कम्पनी

‘एक्स डट कम’ को सुरुवात गरे, जुन आजको दिनमा पेपालको नामले परिचित छ ।त्यो समयमा इबे (eBay) सबैभन्दा ठूलो अनलाइन पेमेन्ट कम्पनी थियो ।

एक्स डट कम सुरु भएको दुई वर्षपछि नै इबेले एक अर्ब ५० करोडमा पेपाल खरिद गरेर इबे र पेपालको सेवालाई मर्ज गरेको थियो ।

सफ्टवेयरहरुको काममा अगाडि बढिरहेका मस्कको भने एउटै लक्ष्य थियो ‘अन्तरिक्ष’ । उनी मान्छेहरुको माझमा अन्तरिक्ष एक्सप्लोरेशनको आकर्षण बढाउन चाहन्थे ।

यही सिलसिलामा उनी रूस पुगे, जहाँको प्रक्रिया उनले सोचेभन्दा धेरै गाह्रो निक्लियो । त्यहाँबाट अन्तरिक्षयान किनेर उनी त्यसलाई मंगल ग्रहमा पुर्‍याउन चाहन्थे ।

तर रसियनहरुले उनलाई पहिलो भन्दा दोस्रो भेटको अवसर नै दिएनन् ।अनि त्यसपछि मस्कले उही गरे, जे उनले गर्दै आएका थिए । अन्तरिक्षयान किन्ने उनको सपना पुरा नभएपछि

सन् २००२ मा निजि स्पेस एक्स्प्लोरेशन कम्पनी स्पेसएक्सको जन्म भयो । कम्पनीले निर्माण गरेको पहिलो अन्तरिक्षयान ‘फाल्कन वान’ को अर्विटसम्म पुग्ने तीनवटा

प्रयास असफल भएपछि सन् २००८ को सेप्टेम्बर महिनामा गरिएको चौंथौ प्रयासमा फाल्कन अर्विटमा पुग्न सफल भयो ।तीन पटकको प्रयासमा असफल भएको स्पेसएक्स कि त अब बन्छ,

कि नभए यो सधैंको लागि भत्कन्छ भन्ने सोचका साथ मस्कले गरेको चौंथौ प्रयास सफल भयो ।यो प्रयासले स्पेसएक्सलाई विश्वको पहिलो निजी कम्पनी बनायो, जसले आफैंले अन्तरिक्षयान बनाएर सफलतापूर्वक अर्विट पुर्‍याएको थियो ।

यसबीच नासाले पनि स्पेसएक्सलाई एक अर्ब ६० करोड अमेरिकी डलरको आर्थिक सहयोग गरेको थियो ।गत मे महिनामा पनि स्पेसएक्सको ‘फाल्कन ९’ मान्छेहरुकै क्रु सहित केनेडी स्पेस सेन्टरमा पुगेको थियो ।

करिब १८ वर्षको यात्रामा स्पेसएक्स एउटा सोचबाट विकसित हुँदै स्पेस एक्सप्लोरेशनको क्षेत्रमा एक चर्चित नाम बन्न पुगेको छ ।मस्क विश्वमा चर्चित हुनुमा उनको अर्को एउटा कम्पनी टेस्ला पनि हो ।

सन् २००२ मा सुरु भएको यो कार कम्पनी मार्टिन एबरहार्ड र मार्क टार्पेनिङले अगाडि बढाउनका लागि फण्डिङ खोजिरहँदा मस्कले सन् २००४ मा यस कम्पनीलाई फण्डिङ गरेका थिए ।

त्यो बेलादेखि आजसम्म आउँदा टेस्लाले विद्युतीय गाडीहरुको बजारलाई थुप्रै राम्रा गाडीहरु उपलब्ध गराएको छ । झन् वातावरणीय हिसाबले बढ्दै गएको विद्युतीय गाडीको मागका कारण टेस्लाले

आजको मितिमा राम्रो बजार बनाउन सफल भएको छ ।यही टेस्लाको कारण आज मस्क विश्वकै धनी व्यक्ति बन्न पनि सफल भएका छन् ।

यही जनवरी महिनामा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै उनी विश्वकै धनी व्यक्ति बने । उनको हालको सम्पत्ति करिब १८५ अर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ ।

प्रतिकृया दिनुहोस्