शुक्रबार , साउन १५, २०७८

जर्मनी र इङ्ल्यान्डको त्यो प्रतिस्पर्धा- जसले फुटबललाई सधैंका लागि परिवर्तन गर्‍यो

असार १५, २०७८ मंगलबार 77

काठमाडौं । विश्व फुटबलमा सबैभन्दा ठूलो दुश्मनी जर्मनी र इङ्ल्यान्डभन्दा अरू छैन । यी दुई देशबीच दशकौंदेखि भएका भिडन्तका कयौं इतिहास सम्झनालायक छन् ।

इङ्ल्यान्ड समर्थकहरूले त पेनाल्टीमा झन् धेरै वर्षदेखि पीडादायी क्षण भोग्नुपरेको परेको छ ।फेरि एक पटक मंगलबार युरो २०२० को नकआउटमा जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदा दुवै देश इतिहासमा नयाँ अध्याय थप्न तयार छन् ।

क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नु दुवै टोलीको एउटै उद्देश्य हुनेछ ।सन् २०१४ को विश्वकप जितेको जर्मनीको हात पछिल्लो समयमाथि देखिन्छ । तर, इङ्ल्यान्डसँगको प्रतिस्पर्धा कठिन हुनेमा शंका छैन ।

जर्मन समर्थकहरू यो प्रतिस्पर्धालाई लिएर आत्मविश्वास पनि कमजोर छैनन् | सन् १९८७ मा इङ्ल्यान्डबाट जर्मनी सरेका स्टुआर्ट दाइक्स दोहोरो नागरिक हुन् ।

बुन्डेसलिगा क्लबको कार्यालयमा काम गरेको एक फुटबल समर्थक भएकोले उनले दुवैको आँखाबाट प्रतिस्पर्धा देखेका छन् ‘मलाइ लाग्छ, जर्मनीको लागि पनि यो सबैभन्दा ठूलो खेल हो’, उनी सिएनएनसँग भन्छन् ।

‘इङ्ल्यान्डविरुद्ध जर्मनीको चार्म बाँकी सबै भन्दामाथि छ । फुटबल परिदृष्यमा जर्मनीका लागि अरू ठूल्ठूला खेलहरू होलान् । तर, पृष्ठभूमि, इतिहास र अर्थको आधारमा ती सबै खेल भन्दा

इङ्ल्यान्डविरुद्धको भिडन्त नै ठूलो हुन्छ । इङ्ल्यान्ड फुटबलको घर हो । वेम्ब्ली फुटबलको घर हो । त्यसैले यो जर्मनीका लागि विशेष छ । यति भनिरहँदा पनि उनीहरू(जर्मन)मध्ये धेरैलाई सधैंझैँ जितिन्छ भन्ने लागेको हुनसक्छ ।’

प्रतिकृया दिनुहोस्