मंगलबार , साउन १२, २०७८

यी बलिउड स्टार जसले पढाईबीचैमा छोडेर अभिनयलाई अंगाले

असार १५, २०७८ मंगलबार 103

काठमाडौं : के तपाईलाई थाहा छ ? बलिउडका धेरै स्टारहरुले अभिनय अंगाल्ने क्रममा आफ्नो पढाईबीचैमा छाडेका थिए ।आज हामी यस्ता बलिउड सुपरस्टारका बारेमा चर्चा गर्न गइरहेका छौं

जसले एक्टिङका लागि आफनो पढाईबीचैमा छोडेका थिए ।शाहरुख खानले ग्रयाजुएशन सम्म पढेका छन् । पोस्ट ग्रयाजुएशनका लागि उनले एडमिशन लिएका थिए । तर फिल्म क्षेत्रलाई आफ्नो करियर बनाउछु

भन्ने सपना बुनिसकेका शाहरुख खानले बीचैमा पढाई छाडेका थिए ।सलमान खानले कलेज पढ्दा पढ्दै आफ्नो पढाईबीचमै छोडेका थिए । उनलाई फिलमको अफर आएपछि उनले फिल्म क्षेत्रमा लागेका थिए ।

रणवीर कपूर आफ्नो ग्रयाजुएशनको पढाई गर्दा गर्दै फिल्मको अफर आएपछि उनले पढाईबीचमा छोडेर अभिनयमा लागेका थिए ।दीपीका पादुकोणले पनि आफ्नो स्कूलको पढाई सकेर कलेज शुरु मात्रै गरेकी थिइन् ।

उनलाई फिल्मको अफर आउन थालेपछि उनले पढाई छोडेकी थिइन् ।अक्षय कुमारले पनि पढाईलाई बीचमै छोडेको थिए । उनले मार्सल आर्ट सिक्नका लागि कलेज छाडेका थिए ।

मार्सल आर्ट पछि उनले अभिनयमा आएका थिए ।श्रद्धा कपूर पढाइको शिलशिलामा अमेरिकाको बोस्टन यूनिभर्सिटीमा साइकोलोजी पढ्नलाई एडमिशन लिएकी थिइन् ।

तर फिल्मको अफर आएपछि उनले पढाई बीचमा छाडेर अभिनयलाई आफ्नो करियर बनाएकी थिइन् ।प्रियंका चोपडा जब १२ कक्षामा थिइन् तब उनले मिस वल्र्डको टायटल जितीसकेकी थिइन् ।

यसैबीच उनलाई फिल्मबाट अफर आउन थालेको थियो । आफ्नो १२ कक्षाको पढाई सकेपछि उनले मोडलिङ रफिल्ममा काम गर्न शुरु गरिन् ।सुशांत सिंह राजपूत इन्जीनियरिङको पढाइ शुरु गरेका थिए ।

उनले दिल्ली कलेज अफ इन्जीनियरिङमा अल इन्डीया र्याङकीङमा ७ नम्बरमा नाम निकालेका थिए । उनलै इन्जीनियरिङको ११ परीक्षा दिएका थिए । तर इन्जीनियरिङको पढाईबीचमै छोडेर उनी टीभि कार्यक्रममा जोडिएका थिए ।

प्रतिकृया दिनुहोस्