शुक्रबार , साउन १५, २०७८

धान दिवसमा किसानसँग रमाए कलाकार

असार १६, २०७८ बुधबार 88

काठमाडौं– धान दिवसको अवसर पारेर मंगलबार केही कलाकारले खेतमा धान रोप्दै धान दिवस मनाएका छन् । दही चिउरा खाने दिनका रुपमा समेत लोकप्रिय असार १५ लाई

कलाकारहरुले खेतमै पुगी किसानहरुसँग मनाए ।अभिनेत्रीद्वय दीपाश्री निरौला, स्वस्तिमा खड्का र फेसन डिजाइनर सुरवीन वान्तवाले धान रोप्दै बाउसे लगाए । दीपाश्रीले धान रोप्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना’, दीपाश्रीले लेखेकी छन् ।त्यस्तै गायिका सुनिता दुलालले पनि धान रोपेकी छन् ।
उनले सामाजिक सञ्जालमा कवितात्मक शैलीमा क्याप्सन लेख्दै धान रोपेको फोटो पोस्ट गरेकी छ्न ।‘छुपुमा छुपु हिलोमा धान
रोपेरै छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला,’ उनले लेखेकी छन्, ‘दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् ।’

प्रतिकृया दिनुहोस्