शुक्रबार , साउन १५, २०७८

विद्युत महशुलमा प्राधिकरणको सहमतिपछि सुन्दर यातायातले निकाल्यो बस

असार १६, २०७८ बुधबार 331

विद्युत महशुल भुक्तानीमा विद्युत प्राधकरणले सहजीकरण गर्ने सहमति भएपछि सुन्दर यातायातले आजदेखि बस

सञ्चालनमा ल्याएको छ।  चार्जिङ स्टेशन शीर्षकअन्तर्गत महशुल तिर्ने सहमतिपछि आजदेखि नै दुई वटा बस सञ्चालनमा ल्याएको सुन्दर यातायातका

अध्यक्ष भेषबहादुर थापाले बताए।  यसअघि प्राधिकरणले चार्जिङ स्टेशन शीर्षकअन्तर्गतको शुल्क लिनुपर्नेमा अन्य शीर्षक अन्तर्गत चर्को शुल्क लिएकाले

सुन्दर यातायात थप समस्यामा परेको थापाले गुनासो गरेका थिए। चार्जिङ स्टेशनको महशुल प्रति युनिट पाँच रुपैयाँ बीस पैसा हुनुपर्नेमा अन्य शीर्षक

अन्तर्गत प्रति युनिट नौ रुपैयाँका दरले बिल आउन थालेको उनको गुनासो थियो। सोही कारण देखाउँदै सरकारले मंगलबारदेखि सार्वजनिक

बस सञ्चालनको अनुमति दिए पनि सुन्दर यातायातले बसहरु निकालेको थिएन। समस्या समाधान नभएसम्म गाडीहरु नचलाउने थापाको अडान

थियो।  ‘अन्य शीर्षक अन्तर्गत तिर्नु परेको चर्को विद्युत महशुल चार्जिङ स्टेशन शीर्षक अन्तर्गत कायम गर्ने सहमति भएकाले सडकमा बस

गुडाउन थालेको हो’, उनले भने। यस अघि यातायातले तिर्नुपरेको बढी रकम फिर्ता गर्न रत्नपार्क शाखालाई प्राधिकरणले निर्देशनसमेत दिइसकेको छ।

‘आज उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, प्राधिकरणका कार्यकारी

निर्देशक हितेन्द्र देव शाक्यसहित प्रतिनिधिहरुबीच  हाम्रो  समस्यामाथि छलफल भयो। समस्या सुनुवाई भएकोमा खुसी लागेको छ। अब हामी बस

चलाउँछौँ,’ उनले भने।  बिहिबार थप चार बसहरु निकाल्ने उनले जानकारी दिए। चालक उपत्यका बाहिर गएकाले सबै बस सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनको भनाई छ।

प्रतिकृया दिनुहोस्