शुक्रबार , साउन १५, २०७८

सान्चो युनाइटेड जाने पक्का

असार १७, २०७८ बिहिबार 136

१७ असार, काठमाडौं : एक वर्ष लामो कसरतपछि जाडोन सान्चो बोरुसिया डर्टमण्डबाट म्यानचेष्टर युनाइटेड जाने पक्का भएको छ ।

प्रिमियर लिग क्लब युनाइटेडले जर्मन क्लब डर्टमण्डबाट सान्चोलाई ८५ मिलियन युरोमा भित्र्याउने सहमति गरेको बीबीसीले जनाएको छ ।

इंग्ल्याण्डका २१ वर्षीय विंगर सान्चोले युनाइटेडमा ५ वर्षको लागि सम्झौता गर्नेछन् र एक वर्ष थपको विकल्पसमेत हुनेछ ।हाल युरोकपका लागि इंग्लिस टिमसंगै रहेका सान्चो

अर्को प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी एकेडेमीको उत्पादन हुन् । उनी १८ वर्षको उमेरमै जर्मन क्लब डर्टमण्ड पुगेका थिए ।म्यानयुका म्यानेजर ओले गनर सोल्सायरले गत सिजन नै सान्चोलाई

क्लब भित्र्याउने चाहेका थिए । त ट्रान्सफर रकममा सहमति हुन सकेको थिएन ।सन् २०१७ मा सिटीबाट जर्मनी पुगेका सान्चोले डर्टमण्डका लागि १३७ खेल खेल्दै ५० गोल गरेका छन् ।

उनले ५७ गोलका लागि असिस्टसमेत गरेका छन् ।सन् २०१८ मा इंग्ल्याण्डको सिनियर टिममा डेब्यु गरेका उनले २० क्याप जितका छन् । यस्तै इंग्ल्याण्डका लागि ३ गोल समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्