शुक्रबार , साउन १५, २०७८

शुक्रबारबाट भिसा सेवा नियमित, एक सातासम्म पर्यटकलाई छुट

असार १७, २०७८ बिहिबार 182

१७ असार, काठमाडौं : को’रोना भा’इरसको महा’मारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने भएको छ । अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको थियो ।

बन्द भएको सेवा शुक्रबारबाट सुरु गर्ने निर्णय भएको विभागले जनाएको छ ।विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको

सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।विभागका अनुसार २०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबट निःशुल्क भिसा नियमित गरिनेछ ।

नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ ।

२४ असारपछि आउने विदेशीको हाकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवाना समेत लाग्ने छ ।नेपाललमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्ने प्रावधान रहेको छ ।

तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ ।अर्थात् यो वर्ष पर्यटकले २१० दिनसम्मको बसाईलाई पर्यटक भिसा लिन सक्ने गरि निर्णय भएको समेत विभागले जानकारी

गराएको छ ।नेपालमा सरकारले वैशाखको पहिलो साताबाट विभिन्न जिल्लामा निषेधाज्ञा थालेको थियो । उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो । यो बेला हजारौं पर्यटक पर्वतारोहणको सिलसिलामा नेपालमा थिए ।

प्रतिकृया दिनुहोस्