शुक्रबार , साउन १५, २०७८

‘अन्तिम’ को फेरि सुटिङ गर्दै सलमान

असार १७, २०७८ बिहिबार 132

अभिनेता सलमान खान फिल्म ‘अन्तिम : द फाइनल टुथ’ को सुटिङ फेरि सुरु गर्ने भएका छन् । महेश मान्जरेकर निर्देशक रहेको फिल्मको सुटिङ गत वर्ष सुरु भएको थियो ।

तर को’रोनाको कहरका कारण यो पुरा हुन पाएको थिएन ।फिल्मको बाँकी सुटिङ मुम्बईमा हुनेछ । फेडरेशन अप वेस्टर्न सिने एप्लाएजका सेक्रेटरी अशोक दुबेले फिल्मको सुटिङ हुन लागेको आधिकारीक पुष्टि गरे ।

दुबेले फिल्म युनिट सुटिङको लागि विगत ४ दिनदेखि तयारी गरिरहेको बताए । सुटिङ  मुम्बईको कमालिस्तान स्टुडियोमा हुनेछ । समाचारका अनुसार सलमान यो फिल्ममा भावानात्मक रुपमै जोडिएका छन् ।

किनभने फिल्ममा उनका बहिनी ज्वाई आयुष शर्मा पनि मुख्य भूमिकामा छन् । आयुषले फिल्ममा ग्याङ्स्टारको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा सलमान,आयुषको अलवा प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको मुख्य भूमिका रहनेछ । फिल्म सलमान खान फिल्म प्रोडक्सनले नै निर्माण गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्