शुक्रबार , साउन १५, २०७८

बेल्जियमलाई हराउँदै इटली युरो कपको सेमिफाइनलमा

असार १९, २०७८ शनिबार 178

एजेन्सी : फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ

जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा बेल्जियमलाई २१ गोलअन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो। इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एकरएक गोल गरे

मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए पहिलो हाफको खेल सकिन एक मिनेट

बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै गोल गरेका थिए

यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए यो  जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ

जितसँगै इटालीले अब स्पेनसँग फाइनल प्रवेशका लागि प्रतिस्प्रधा गर्ने छ। स्पेनले पहिलो क्वाटरफाइनल खेलमा स्विजरल्याण्डलाई पेनाल्टीमार्फत ३ १ गोलअन्तरले पराजित गरेर सेमिफाइनल पुगिसकेको छ।

प्रतिकृया दिनुहोस्