शुक्रबार , साउन १५, २०७८

एनआरटीमा दुई विदेशी खेलाडी अनुबन्ध

असार १९, २०७८ शनिबार 88

१९ असार, काठमाडौं । आगामी असोज ३ गते शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम एनआरटीले

दुई अफ्रिकन खेलाडीलाई अनुबन्ध गरेको छ । एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै क्यामरुनका मेसुके ओलुमो र स्टेफेन

समिरलाई अनुबन्ध गरेको जनाएको छ । मिडफिल्डर मेसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स

एफसीबाट खेलेका थिए । काठमाडौंलाई उपाधि दिलाउन दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए । मेसुके एनएसएलको सर्वाधिक

गोलकर्ता बनेका थिए । प्रतियोगिताका ९ खेलमा एक ह्याट्रिकसहित ८ गोल गरेका मेसुके एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिएका थिए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको जनाएको छ । अन्य खेलाडी अनुबन्धको

प्रक्रिया अघि बढिसकेको समेत क्लबले जनाएको छ । मेसुके र स्टेफनले एनआरटीमा अनुबन्ध हुँदा खुशी लागेको बताए । साथै जित्नका लागि खेल्ने बताए ।

प्रतिकृया दिनुहोस्