शुक्रबार , साउन १५, २०७८

एमाले विवाद मिलाउन दोस्रो तहको नेताहरू छलफलमा, ओली र नेपालबीच टेलिफोन संवाद

असार १९, २०७८ शनिबार 116

काठमाडौं । पार्टीभित्र देखिएको विवाद मिलाउन नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् ।

केही दिनदेखि नियमित संवादमा रहेका नेताहरू शनिबार पनि ललितपुरको एक होटलमा छलफल गरिरहेका छन् । छलफलमा पार्टी

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ सहभागी छन् ।

वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य छलफलमा सहभागी

छन् । उनीहरूले सहमतिका विभिन्न विकल्पमा छलफल गरिरहेका छन् । दोस्रो तहका नेताहरूबीच छलफलमा उठेका विषयबारे जानकारी

दिन उपमहासचिव घनश्याम भुसाल माधव नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । त्यही क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली

र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको छ । भुसालले नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराउनुभएको

नेपाल समूहका एक नेताले जानकारी दिनुभयो । दुई शीर्ष नेताको टेलिफोन संवादपछि भुसाल थप छलफलका लागि होटलमै पुग्नुभएको छ ।

प्रतिकृया दिनुहोस्