मंगलबार , साउन १२, २०७८

काठमाडौँ उपत्यकामा निषेधाज्ञा अझै एक साता थप्ने तयारी

असार २०, २०७८ आइतबार 138

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

यथास्थितिमै खुकुलो बनाएमा को’रोना म’हामारी अझ फैलिन सक्ने भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भइरहेको बताइएको छ ।

निषेधाज्ञा लम्ब्याउनेबारे आइतबार दिउँसो काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली हटाउन माग गरे पनि सो विषयमा प्रशासनले कुनै निर्णय गर्न सकेको छैन । तथापि अहिले थप्न लागिएको निषेधाज्ञामा यसअघि भन्दा केही खुकुलो बनाउने बारे छफफल भइरहेको बताइएको छ ।

यसअघिको प्रशासनको निर्णयमा खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली

मार्फत संचालन अनुमति दिइएको थियो ।दोस्रो लहरको को’रोना म’हामारीले ठूलो अकार लिएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस्