मंगलबार , साउन १२, २०७८

आमिरकी छोरीले गरिन् बुबाको सम्बन्ध विच्छेदमा पोस्ट

असार २१, २०७८ सोमबार 56

काठमाडौं । बलिउड सुपरस्टार आमिर खान र उनकी दास्रो श्रीमती किरण रावबीच सम्बन्ध विच्छेद भएको छ । शनिबार उनीहरुले आपसी सम्झौतामा

श्रीमान र श्रीमतीको सम्बन्धलाई यहीँ टुंगो लगाएर आफ्नो नयाँ जीवन सुरु गर्ने घोषणा गरेका हुन् ।यसै विषयमा आमिरकी छोरी आइरा खानले अप्रत्यक्ष रुपमा सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

आइराले इन्स्टाग्राम स्टोरीमा आफ्नो एउटा तस्बिर सेयर गर्दै लेखेकी छिन्– अर्को रिभ्यू भोलि । अगाडि के हुने छ ?आइराले यो स्टोरी पोस्ट गर्न नपाउँदै दर्शकमा यसको चर्चा चल्न थालेको छ ।

आइराले सिधा नभने पनि यो पोस्ट उनको बुबा र किरण रावबीचको सम्बन्ध विच्छेदलाई लक्षित हो भनेर सामाजिक सञ्जालमा कमेन्ट हुन थालेको छ ।

आइराको यो पोस्ट आउनु अघि नै आइतबार आमिर र किरणले एउटा भिडियो पोस्ट गर्दै श्रीमान र श्रीमती नभए पनि उनीहरु एउटै परिवार भएको र छोरा

आजादलाई दुबैले हुर्काउने बताएका छन् । यो भिडियो उनीहरुको तलाकपछि आएको हो जहाँ उनीहरु दुबैजना खुशी देखिरहेका थिए ।आइरा, आमिर र उनकी पहिलो श्रीमती रिना दत्तकी छोरी हुन् ।

प्रतिकृया दिनुहोस्