शुक्रबार , साउन १५, २०७८

चिया पिउनु भयो?

असार २१, २०७८ सोमबार 191

बिहान चियाको बास्ना सँगै खुल्ने आँखा आज अबेर हुँदासम्म नि चिया नपाएर खुल्न मान्दै थिएनन्।’चियापत्ती सकेछ, जा त गएर लेरा।’

‘दिनै खराब हुन्छ कि क्या हो!’ सोच्दै चियापत्ती लिन गए। चियाको तलतल बढ्दै थियो। ओहो! कस्तो नशा लागेको होला चियाको पनि। हैन यो गाँजा वनस्पतिलाई नशालु पदार्थ राख्नेले चियालाई किन छुटाए छ कुन्नि!

पक्का पनि चियाको भोगी होला। चियापत्ती हालेपछि बदलिएको चियाको रंगसँगै मेरो मूड पनि बदलिँदै गयो। पहिलो चुस्कीसँगै मनमा शीतलता छायो। बाँकी चुस्की सँगै मन प्रफुल्ल भयो।

एकजना सरले भन्नुहुन्थ्यो ‘अल म्यान डक्टर अल हाउस टी।’ मतलब कसैलाई टाउको या पेट दुखोस्, यो खा त चट्टै निको हुन्छ भन्नि हामी सबै डक्टर। अल हाउस चिया त के भन्ने र झन्।

जसकोमा जाऊँ, जुनसुकै कार्यक्रम होस्। बिहे भोज भतेर होस् या शोक परेको घर, भन्ने एउटै प्रश्न- चिया पिउनु हुन्छ?हुन पनि साह्रै मजाको छ चिया। टाउको दुख्दा चिया, पेट दुख्दा चिया,

अल्छी लाग्यो चिया, खुसी लाग्यो चिया। साह्रै भर्सटाइल। भैरव अर्यालले आलुको त्यति मिठो वर्णन गर्दा चियालाई किन बिर्सेका होलान् कुन्नि!चियाको नाम कसरी पो चिया भएको होला? चिया नपाउँदा मन

छिया छिया हुने भएर पो हो कि। हाम्रो तिर चियालाई चाहा भन्छन्। सायद चिया र आहा! मिसिएर बनेको हुन पर्छ। खासै फिल्मी डायलग याद गर्ने मान्छे त हैन म तर धोनी मुभीमा धोनीका

कोचकी श्रीमतीले ‘चाई खावे’ भनेको आजसम्म नी कहिले काहीँ मुखबाट फुस्किन्छ।मेरा कति साथीसँगको सम्बन्ध त यै चियाले मजबूत बनाइदिएको छ। जे भन्नुस्, चिया मनपराउने मान्छे मिजासिला लाग्छन् मलाई ।

दिल जितिहाल्छन्। चिया भेट भन्दै थुप्रै यादहरु बसिरहेछन्।अस्ति एउटीले साह्रै दुःख छ यार भन्दै थिई। के दुःख रैछ भनेर बुझ्दा अफिस नजिकै चिया खाने ठाउँ रहेनछ।

यस्तो दुःख त बरै दुश्मनलाई नि नपरोस्। कति चिया पौरखी साथीलाई यो काम गर्दे न, चिया खुवाम्ला भन्दै फकाइन्छ। कति जिग्रीलाई कहिले पो हो चिया सँगै खान पाइने भन्दै दुःख पोखिन्छ।

चिया मन नपराउने बुढा परे कति दुःख पाइएला भन्दै औंला बटारिन्छ।कतिको व्यापार त चियाले नै फस्टाएको छ। चिया अड्डा, चिया घर, चिया स्पोट थुप्रै चियाथान खुलेछन् सहर तिर।

आजकल झन् चिया खाने भाडामा रचनात्मक कला चर्चित हुँदै गइरहेछ। जस्तैः माटोको भाडामा चिया, बाँसको भाडामा चिया, तन्दुरी चिया।काठमाडौंका साँघुरा गल्लीको कुनै सानो चिया पसलमा बसेर होस

या नुवाकोटको कल्याणपुरभन्दा माथिको डाँडाको टुप्पोमा पुगेर चियाले कहिले निराश गरेन। साह्रै खुसी हुँदा होस् या साह्रै दुःख पर्दा, चियाले साथ छोडेन। कुनै विकट गाउँको चिया पसल होस् या बसन्तपुरको पचास रुपैयाँ वाला चिया, मन सधैं दंग।

एकचोटि खाजा खान भनेर नाम चलेको फास्ट फुडमा चिया ल्याइदिनू भन्दा दूध छुट्टै, पानी छुट्टै, चिनी छुट्टै, टी-ब्याग छुट्टै ल्याइदिँदा मुखबाट फ्याट्ट निस्किहल्यो- ‘भाइ, ग्याँस नि ल्याइदिनू बरु आफै पकामला।’

यो हुने खाने भनिने रेस्टुरेन्टलाई चियासँग के दुस्मनी छ कुन्नि! कि त मेसिनमा बनाएर चिया भन्दै कुन्नि के जाति पो दिन्छन् कि त टी-ब्याग झुण्डाउँदै ल्याउँछन्। ए बाबा! कति दुःख हो, त्यो जाबो चिया उमाल्न नि।

फेरि यस्तै यस्तैका चियाको मूल्य भने आकाश छुने हुन्छ। कान समातेँ बा यस्ता ठाउँमा भन्दा बरु बिहानदेखि बेलुकासम्म एउटै भाडामा उमालिरख्ने दिदीको चिया पसलमा गएर चिया पिउने हो। नेपाली हुँ के रे नि, पचिहाल्छ।

त्यत्ति उमेर ढल्किसकेको त हैन, त्यही चियासँगको सम्बन्ध निकै पुरानो लाग्छ र मौलाउँदै पनि छ। दुःखले बल्झिरहेको मनमा वेदनाका गाठालाई छिचोल्दै आफ्नो मिठास छर्ने भएर पो हो कि।

सोच्छु, चियाका पातलाई चियापत्तीका दाना बनाउने कसको बुद्धि होला? धन्य दिमाग। धन्य कला।

पक्का पनि चियाको भोगी होला। चियापत्ती हालेपछि बदलिएको चियाको रंगसँगै मेरो मूड पनि बदलिँदै गयो। पहिलो चुस्कीसँगै मनमा शीतलता छायो। बाँकी चुस्की सँगै मन प्रफुल्ल भयो।

एकजना सरले भन्नुहुन्थ्यो ‘अल म्यान डक्टर अल हाउस टी।’ मतलब कसैलाई टाउको या पेट दुखोस्, यो खा त चट्टै निको हुन्छ भन्नि हामी सबै डक्टर। अल हाउस चिया त के भन्ने र झन्।

जसकोमा जाऊँ, जुनसुकै कार्यक्रम होस्। बिहे भोज भतेर होस् या शोक परेको घर, भन्ने एउटै प्रश्न- चिया पिउनु हुन्छ?हुन पनि साह्रै मजाको छ चिया। टाउको दुख्दा चिया, पेट दुख्दा चिया,

अल्छी लाग्यो चिया, खुसी लाग्यो चिया। साह्रै भर्सटाइल। भैरव अर्यालले आलुको त्यति मिठो वर्णन गर्दा चियालाई किन बिर्सेका होलान् कुन्नि!

चियाको नाम कसरी पो चिया भएको होला? चिया नपाउँदा मन छिया छिया हुने भएर पो हो कि। हाम्रो तिर चियालाई चाहा भन्छन्। सायद चिया र आहा! मिसिएर बनेको हुन पर्छ।

खासै फिल्मी डायलग याद गर्ने मान्छे त हैन म तर धोनी मुभीमा धोनीका कोचकी श्रीमतीले ‘चाई खावे’ भनेको आजसम्म नी कहिले काहीँ मुखबाट फुस्किन्छ।

मेरा कति साथीसँगको सम्बन्ध त यै चियाले मजबूत बनाइदिएको छ। जे भन्नुस्, चिया मनपराउने मान्छे मिजासिला लाग्छन् मलाई । दिल जितिहाल्छन्। चिया भेट भन्दै थुप्रै यादहरु बसिरहेछन्।

अस्ति एउटीले साह्रै दुःख छ यार भन्दै थिई। के दुःख रैछ भनेर बुझ्दा अफिस नजिकै चिया खाने ठाउँ रहेनछ। यस्तो दुःख त बरै दुश्मनलाई नि नपरोस्। कति चिया पौरखी साथीलाई यो काम गर्दे न,

चिया खुवाम्ला भन्दै फकाइन्छ। कति जिग्रीलाई कहिले पो हो चिया सँगै खान पाइने भन्दै दुःख पोखिन्छ। चिया मन नपराउने बुढा परे कति दुःख पाइएला भन्दै औंला बटारिन्छ।

कतिको व्यापार त चियाले नै फस्टाएको छ। चिया अड्डा, चिया घर, चिया स्पोट थुप्रै चियाथान खुलेछन् सहर तिर। आजकल झन् चिया खाने भाडामा रचनात्मक कला चर्चित हुँदै गइरहेछ। जस्तैः माटोको भाडामा चिया, बाँसको भाडामा चिया, तन्दुरी चिया।

काठमाडौंका साँघुरा गल्लीको कुनै सानो चिया पसलमा बसेर होस या नुवाकोटको कल्याणपुरभन्दा माथिको डाँडाको टुप्पोमा पुगेर चियाले कहिले निराश गरेन।

साह्रै खुसी हुँदा होस् या साह्रै दुःख पर्दा, चियाले साथ छोडेन। कुनै विकट गाउँको चिया पसल होस् या बसन्तपुरको पचास रुपैयाँ वाला चिया, मन सधैं दंग।

एकचोटि खाजा खान भनेर नाम चलेको फास्ट फुडमा चिया ल्याइदिनू भन्दा दूध छुट्टै, पानी छुट्टै, चिनी छुट्टै, टी-ब्याग छुट्टै ल्याइदिँदा मुखबाट फ्याट्ट निस्किहल्यो- ‘भाइ, ग्याँस नि ल्याइदिनू बरु आफै पकामला।’

यो हुने खाने भनिने रेस्टुरेन्टलाई चियासँग के दुस्मनी छ कुन्नि! कि त मेसिनमा बनाएर चिया भन्दै कुन्नि के जाति पो दिन्छन् कि त टी-ब्याग झुण्डाउँदै ल्याउँछन्। ए बाबा! कति दुःख हो, त्यो जाबो चिया उमाल्न नि।

फेरि यस्तै यस्तैका चियाको मूल्य भने आकाश छुने हुन्छ। कान समातेँ बा यस्ता ठाउँमा भन्दा बरु बिहानदेखि बेलुकासम्म एउटै भाडामा उमालिरख्ने दिदीको चिया पसलमा गएर चिया पिउने हो। नेपाली हुँ के रे नि, पचिहाल्छ।

त्यत्ति उमेर ढल्किसकेको त हैन, त्यही चियासँगको सम्बन्ध निकै पुरानो लाग्छ र मौलाउँदै पनि छ। दुःखले बल्झिरहेको मनमा वेदनाका गाठालाई छिचोल्दै आफ्नो मिठास छर्ने भएर पो हो कि।सोच्छु, चियाका पातलाई चियापत्तीका दाना बनाउने कसको बुद्धि होला? धन्य दिमाग। धन्य कला।

 

प्रतिकृया दिनुहोस्