मंगलबार , साउन १२, २०७८

यस्तो छ, प्रतिनिधिसभा निर्वाचनको पहिलो र दोस्रो चरणको कार्यतालिका

असार २१, २०७८ सोमबार 109

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्धाको अन्तिम फैसला भइरहेको बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

सोमबार आयोगले केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर जारी गरेको निर्वाचन मितिअनुसार नै निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकामा कात्तिक २६ गते

पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरिएको छ ।आयोगको कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुनेछ र त्यसै दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने छ ।

भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।यसैगरी पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तातर्फ असोज २० गते देखि २१ गतेसम्म समय दिइएको छ ।

साथै, असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता असोज ३१ गते

देखि कार्तिक १ गतेसम्मलाई तोकिएको छ । कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ जनाइएको छ ।

कात्तिक५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।आयोगका अनुसार त्यसै दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र मंसिर ३ गते मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस्