शुक्रबार , साउन १५, २०७८

प्रधानमन्त्री आत्मसमर्पणवाद र लम्पसारवादमा पुग्नुभयो : नारायणकाजी श्रेष्ठ

असार २१, २०७८ सोमबार 138

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी हस्तक्षेप स्वीकार गरेको आरोप लगाउनु भएको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै बोल्दै पछिल्लो समय प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि र इपीजी वार्ताको बिषय नबनाइ एकपछि अर्को गरि भइरहेको हस्तक्षेपलाई प्रतिवात नगरि

हस्तक्षेप स्वीकार गरेर बिदेशी हस्तक्षेपनै आमन्त्रण गरेको बताउनु भयो ।‘आज उहाँ आत्मसमर्पणवाद र लम्पसादवादमा पुग्नुभयो । आज अतिक्रमित भूमि र इपीजीको बिषय बन्दैन,’ उहाँले भन्नुभयो,

‘एकपछि अर्को गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भइरहेको छ । त्यो बिषयमा प्रतिवादको बिषय आउदैन । बरु विदेश हस्तक्षेपलाई आमन्त्रण गराएर राष्ट्रिय स्वाधिनतालाई

समाप्त पारेर देशलाई गम्भीर संकटमा पुर्याउनु भएको छ।’देश विकासको बाटो छोडेर प्रधानमन्त्री भ्रष्ट्रिकरण र दलाल पुजिवादको चारित्रिकरणको बिकास तर्फलागेको उहाँले आरोप लगाउनु भयो ।

 

प्रतिकृया दिनुहोस्