शुक्रबार , साउन १५, २०७८

‘सरकार चाहियो’ भन्दै आए गायक शिशिर योगी

असार २२, २०७८ मंगलबार 130

काठमाडौं : गायक शिशिर योगीको स्वर ‘सरकार चाहियो’ गीत सार्वजनिक भएको छ।

सतिष चापागाईंले लेखेको गीतमा गायक शिशिर योगीको स्वर र म्युजिक रहेको छ। यो गीतको भिडियोलाई सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन्।

भिडियोमा कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय देख्न सकिन्छ।

गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन्। भिडियोको सम्पादन भने मिलन श्रेष्ठले गरेका हुन्।

प्रतिकृया दिनुहोस्