मंगलबार , साउन १२, २०७८

मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइने भएपछि प्रदेशसभा बैठक सञ्चालन

असार २२, २०७८ मंगलबार 28

विराटनगर । प्रदेशसभा सदस्यले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अम्बिरबाबु गुरुङले दिएको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइने भएपछि प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक सञ्चालन भएको छ ।

नेकपा (माओवादी केन्द्र)ले चारवटा बैठक अ’वरुद्ध गरेपछि मन्त्रालयगत रुपमा विनियोजित बजेट तथा कार्यक्रममाथिको छलफल हुन सकेको थिएन । आज मन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाइने सहमतिपछि बैठक सञ्चालन भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको बैठक सुरु हुनासाथ मन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिए ।

रदेशसभाको १२औँ बैठकको क्रममा सभामुखले भौतिक पूर्वाधार विकासमन्त्री गुरुङको उक्त अभिव्यक्ति हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

माओवादीका प्रदेशसभा सदस्य मोहन खड्काले भौतिक पूर्वाधार मन्त्रालयतर्फ विनियोजित बजेट तथा कार्यक्रममाथि प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले खड्कालाई

‘भिजन नभएको नेता’ भन्दै टिप्पणी गरेका थिए ।प्रदेशसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने सहमति भएको हो । सदनमा अमर्यादित ढंगले प्रस्तुत नहुन सभामुख भण्डारीले रुलिङ गरेका छन् ।

प्रतिकृया दिनुहोस्