शुक्रबार , साउन १५, २०७८

संगठनात्मक विषयमा छलफल सुरुवात : भीम रावल

असार २२, २०७८ मंगलबार 157

काठमाडौं एमाले उपाध्यक्ष तथा खनाल नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबारको कार्यदल बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफलको सुरुवात भएको बताएका छन् ।

मंगलबारको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिकृया दिँदै नेता रावलले दोस्रो दिनको बैठक संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा केन्द्रीत भएको जानकारी दिएका हुन् ।

‘जसरी अदालतको फैसलापछि नेकपा एमाले पुनर्जीवित भएको छ । त्यसपछि एमालेको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरु उत्पन्न भएका छन् । ति विषयमा कार्यदलका सवै सदस्यहरुबाट सहमतिका

आधारमा अघि बढ्ने बारेमा छलफल भयो’,नेता रावलले भने, ‘यिनै विषयमा पुन भोली छलफल हुन्छ ।सर्वोच्चको गत फागुन २३ गतेको आदेशपछि एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्नेमा अध्यक्ष

ओलीले फागुन २८ मा आफुपक्षीय बैठक राखेर नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै विधान समेत संशोधन गरेका थिए । त्यसपछि

खनाल नेपाल समुहले देशव्यापी समानान्तर समिति बनाएको थियो । अव त्यही समानान्तर समितिको व्यवस्थापन गर्न नेताहरुलाई सकस पर्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस्