शुक्रबार , साउन १५, २०७८

प्रधानमन्त्री ओलीसँग भेटेपछि भीम रावल उत्साही

असार २२, २०७८ मंगलबार 171

काठमाडौं, २१ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उत्साही बनेका छन् ।

हिजो राति अवेरसम्म बालुवाटारमा रावलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।उक्त भेटवार्तामा पार्टी एकताबारे गम्भीर कुराकानी भएको रावलले जनाएका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटबारे रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा रावलले भने,‘उहाँसँग पार्टी एकता कायम गर्ने विषयमा गम्भीर छलफल भयो । उहाँले प्याकेजमै कुरा गरौं भन्नुभएको छ ।’

रावलले पार्टी एक बनाउनको लागि अन्तिमसम्म आफूहरु लागिपर्ने बताए ।गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २३ जना सांसदलाई शेरबहादुर देउवाको पक्षमा गरेको

हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्म अन्तिम समय दिएको छ ।तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाइृ पठाईसकेको छ ।

भीम रावल भने अध्यक्ष ओलीसँगको भेटपछि उत्साही बनेको उनीनिकट नेताहरुको दाबी छ । रावलले आज विहानमात्रै वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर हिजोको भेटवार्ताको प्रगतिबारे बिफिङ गरेका थिए ।

प्रतिकृया दिनुहोस्