शुक्रबार , साउन १५, २०७८

वायुसेवा निगममा कर्मचारीले लगाएको ताला प्रहरीले खुलायो

असार २२, २०७८ मंगलबार 87

नेपाल वायुसेवा निगमलाई कम्पनी संरचना लिएर सञ्चालन गर्ने निर्णय भएपछि विरोधमा

उत्रिएका कर्मचारीहरुले गरेको तालाबन्दी प्रहरीले खुलाएको छ। सरकारले बजेटमा गरेको घोषणाअनुसार कम्पनी

संरचनामा चलाउनका लागि आवश्यक विनियमावलीको मस्यौदा बनाएर मन्त्रालयमा पेस भएपछि विरोधमा उत्रिएका

कर्मचारीहरुले महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका थिए। कर्मचारीको तालाबन्दीबाट अत्यावश्यक काम

रोकिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालाबन्दी खुलाइदिन गृहमन्त्रालयमा पत्राचार गरेको

थियो। पर्यटनको उक्त पत्राचारपछि आज नेपाल प्रहरीले ताला खुलाएको छ।प्रहरीले ताला खुलाउँदा कर्मचारीहरु विरोधमा उत्रिएका थिए।

 

प्रतिकृया दिनुहोस्