मंगलबार , साउन १२, २०७८

एएफसी महिला एसियन कप भारतको मुम्बई र पुणेमा हुने

असार २२, २०७८ मंगलबार 129

सन् २०२२ मा आयोजना हुने एएफसी महिला एसियन कप भारतको मुम्बई र पुणेमा हुने तय भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार प्रतियोगिताको खेल स्थल तय भएको जानकारी गराएको हो ।

प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्स र पुणेस्थित शिव छत्रपति सिंह स्पोर्ट्स

कम्प्लेक्समा आयोजना हुनेछ । एएफसीले प्रतियोगिताको छनोट चरणमा सहभागी हुने २८ टिमलाई ८ समूहमा विभाजन

गरेको छ । छनोटको समूह ‘एफ’मा रहेको नेपालले घरेलु मैदान दशरथ रंगशालामा फिलिपिन्स र हङकङको सामना गर्नेछ ।

छनोट खेल सेप्टेम्बरमा हुनेछ । प्रत्येक समूहका विजेता प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगितामा १२ टोलीको सहभागिता

रहनेछ । भारत आयोजकका रूपमा तथा अघिल्लो सँस्करणका शीर्ष ३ टोली जापान, अस्ट्रेलिया र चिन भने सिधै छनोट भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्