मंगलबार , साउन १२, २०७८

प्रभु साहकी पत्नीलाई प्रधानमन्त्रीको फोन

असार २४, २०७८ बिहिबार 37

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेका छन् ।

दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीको फोन आएको उनले बताइन् । फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो हालखबर सोधेको उनले जानकारी दिइन् ।

करिब १५ मिनेटको फोनवार्ताको क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबान लगायतको विषयमा प्रधानमन्त्रीले चासो राखेको उनले बताइन् ।

प्रधानमन्त्रीले आफू र आफ्नो परिवारको हालखबरबारे पनि जिज्ञासा राखेको मेयर साहको भनाइ छ । ‘प्रधानमन्त्री ओलीले तपाईको कतिजना नानीबाबु छन्,

कति वर्षका भए कुनकुन कक्षामा पढ्दैछन् भनेर सोध्नुभयो,’ उनले भनिन्, ‘मैले सहजरूपमा जवाफ दिएँ ।’अविरल वर्षा र बाढीले रौतहट डुबानमा परेको समय प्रधानमन्त्री

ओलीले जिल्लाको अवस्थाबारे बुझ्न आफूलाई फोन गर्नु गौरवको विषय भएको मेयर साहको भनाइ छ ।माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री

प्रभु साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय खटपट चलिरहेको भन्ने चर्चा भइरहेको समयमा ओलीले साह पत्नी तथा मेयर रिनालाई फोन गर्नु अर्थपूर्ण मानिएको छ ।

प्रतिकृया दिनुहोस्