शुक्रबार , साउन १५, २०७८

मुलुकमा भएको बिकासलाई कसैले नकार्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ

असार २४, २०७८ बिहिबार 113

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको बिकासलाई कसैले नकार्न नसक्ने बताउनुभएको छ । विहीबार

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले

मुलुकको सात दशक यता बिभिन्न क्षेत्रमा भएको बिकासलाई कसैले नकार्न नसक्ने बताउनुभएको हो । सामाजिक न्यायका सवालदेखि शिक्षा

क्षेत्रमा भएका उपलब्धिलाई कसैले बिर्सन नहुने उहाँको भनाइ छ । त्यस्तै उहाँले आफूले मृगौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य

क्षेत्रले पनि निकै फड्को मारेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा

अगाडि बढ्न आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली बैज्ञानिकहरुलाई

आग्रह गर्नुभयो । उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले बिज्ञान प्रविधिको प्रयोग नगरेसम्म मुलुकको बिकास र समृद्धि पूरा नहुने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कूलपति ओलीले

नाष्टबाट प्रदान गरिएका विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट बैज्ञानिकहरुलाई पुरस्कृत गर्नुभएको थियो । यस वर्षको प्रकृति संरक्षण पुरस्कार

विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रबर्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा उत्तम बाबु श्रेष्ठलाइ प्रदान गरिएको

थियो । त्यस्तै प्रविधि पुरस्कार डा. शेर बहादुर पुनलाई, विज्ञान तथा प्रविधि महिला पुरस्कार डा. रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी

मर्हजन प्रदान गरिएको थियो । त्यस्तै विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान गु¥याएका बिभिन्न बैज्ञानिकलाई पनि सम्मान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्