शुक्रबार , साउन १५, २०७८

इङ्ल्यान्डलाई इतिहास रच्ने मौका

असार २४, २०७८ बिहिबार 71

काठमाडौं । सन् १९६० मा सुरु भएको युरोकप फुटबलको १६ औँ संस्करण चलिरहेकाे छ । यो संस्करणको प्रतियोगितामा

विश्व फुटबलको महारथी इङ्ल्यान्ड फाइनलमा पुगेको छ । इङ्ल्यान्डसँगै इटाली पनि फाइनलमा प्रवेश गरेको छ । दुवै टोलीबीचको फाइनल खेल

आइतबार राति वेम्बिली स्टेडियममा हुनेछ ।  यो संस्करणको फाइनल खेल इङ्ल्यान्डका लागि निकै महत्वपूर्ण छ । किन भने १६ औँ सस्करणमा पुग्दासम्म

हालसम्म फाइनलमा प्रवेश गरको छैन । उसोत इङ्ल्यान्ड सन् १९६६ को विश्वकपपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छैन ।

यद्यपि सेमिफाइनलमा प्रवेश भने गरेको छ । त्यसैले इङ्ल्यान्डलाई इतिहास रच्ने मौका छ । प्रतियोगितामा पहिलोपटक फाइनल प्रवेश गरेर इङ्ल्यान्डले

इतिहास यतिकै रचिसकेको छ । इङ्ल्यान्डले सेमिफाइनल खेलमा डेनमार्कलार्ई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले इतिहास रचेको हो ।

अबको परीक्षा भने इङ्ल्यान्डको विश्व फुटबलको अर्काे महारथी इटालीसँग रहेको छ ।  इटालीसँग जित निकाल्न इङ्ल्यान्डलाई सहज भने छैन ।

किनभने इटाली चारपटकको विश्व विजेता मात्र होइन एक पटकको युरोकप च्याम्पियन पनि हो ।  इटालीले सन् १९६८ मा घरेलु मैदानमा भएको युरोकप

फुटबलको उपाधि जितेको थियो । त्यसपछि इटाली सन् २००० र २०१२ को युरोकपमा फाइनल पुगेको टोली हो ।  त्यसैले इङ्ल्यान्ड इटालीसँग कुनै कमजोरी नगरी घरेलु मैदानमा उपाधि रक्षा गर्ने योजनामा रहेको छ ।

केनलाई पहिलो उपाधि जित्ने मौका 

विश्व फुटबल र क्लब करियरमा उत्कृष्ट सावित भएका कप्तान केनका लागि पनि यो करियरको ठूलो उपाधि हुनेछ । केनले हालसम्म क्लब र अन्तर्राष्ट्रिय करियरमा

कुनै पनि ठूलो उपाधि जित्न सकेका छैनन् । उनले उमेर समूहमा पनि कुनै उपाधि जित्न सकेका छैनन् । त्यसैले उनका लागि यो संस्करणको उपाधि महत्वपूर्ण हुनेछ ।

उसो त केनको विजयी गोलका कारण इङ्ल्यान्डले इतिहास रच्न सफल भयो । यही सफलताले मात्र उनलाई इतिहासमा सफल खेलाडीको हकदार बन्न प्रयाप्त छैन ।

उनले देशका लागि उपाधि नै जिताएर एउटा नयाँ इतिहास बन्नुपर्ने छ । यसको अर्थ उनी असफल खेलाडी हुन् भन्ने पनि होइन । सन् २०१८–१९ को च्याम्पियन्स लिग

फुटबलमा उनले टोटेनहमका लागि उपाधि दिलाउने मौका थियो । तर, टोटेनहम फाइनलमा लिभरपुलसँग पराजित भयो ।

यता प्रिमियर लिग फुटबलमा पनि टोटेनहमबाट केनले उत्कृष्ट प्रदर्शन गरेपनि टिमलाई उपाधि भने दिलाउन सकेका छैनन् । त्यसैले यो उपाधि उनका लागि महत्वपूर्ण छ ।

डनेमार्कसँगको खेलपछि केनले आफूहरूले उपाधिका लागि निकै मेहेनत गरेको र सफलता पनि मिल्ने बताए ।  “डेनमार्कसँगको खेल उत्कृष्ट भयो । प्रदर्शनमा

केही सुधार गर्दै इटालीविरुद्ध मैदान उत्रने हाम्रो योजना रहेको छ । सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यही स्तरलाई सुधार गरेर उपाधि आफ्नो पोल्टोमा पार्ने योजना रहेको छ,” केनले पत्रकार सम्मेलनमा भने ।

 

प्रतिकृया दिनुहोस्