शुक्रबार , साउन १५, २०७८

अविरल वर्षासँगै १७८ घरपरिवार उच्च जोखिममा

असार २४, २०७८ बिहिबार 26

गत बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनको शरणमा जान बाध्य भएका छन् । बन्दीपुर गाउँपालिकामा मात्रै

१३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी १७८ घरपरिवार विस्थापित भएका छन् । गाउँपालिकाको २ नम्बर वडास्थित खहरे खोलाले ५ घर बगाएको छ ।

धारापानी, रामकोट र कल्चोकमा गरी घरपरिवार विस्थापित भएका हुन् । घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी

पहिराबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित स्थानमा स्थानान्तरणको लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित स्थानमा

गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताइन् । बन्दीपुर गाउँपालिका–१ स्थित कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घरपरिवार

पहिराको कारण उच्च जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणको लागि

पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उनले बताए । ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् ।

नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करीब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।

प्रतिकृया दिनुहोस्