मंगलबार , साउन १२, २०७८

इपिएललाई आइसिसीको स्वीकृति

असार २४, २०७८ बिहिबार 33

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

(आइसिसी) ले स्वीकृति दिएको छ । इपिएलले एक प्रेस विज्ञप्ति मार्फत आइसिसीले स्वीकृति दिएको बिहिबार जानकारी दिएको छ ।

प्रतियोगिता असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) टियु क्रिकेट मैदान काठमाडौंमा हुने छ ।कोरोना महामारी अघि

इपिएल गतवर्ष चैत १ देखि १५ गते सम्म हुने तय भएपनि अन्तिममा अनिश्चित समयको लागि स्थगित हुन पुगेको थियो । प्रतियोगितालाई

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिनै स्वीकृति दिएको थियो । प्रतियोगिता अन्तर्गत तीन शनिबार पर्दछन् । इपिएलमा संस्थापक आमिर

अख्तरले सबैलाई धन्यावाद ब्यक्त गरेका छन् ।‘सर्वप्रथम म हाम्रो साझेदार, प्रायोजक, फ्रेन्चाइज टोली, मिडिया र नेपाली क्रिकेट समर्थक धैर्य

र निरन्तर समर्थनको लागि धन्यावाद दिन चाहन्छु । दशैं बिदा हुनुअघि काठमाडौंको सुन्दर मौसममा क्रिकेटका सुभचिन्तक र प्रशंसकहरुले मज्जालिन सक्नेछन्’, अख्तरले भनेका छन् ।

इपिएलका संस्थापक आमिर अख्तर

इपिएलमा ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन् ।

अन्तिम पटक तेस्रो संस्करणको इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो । कोरोना अघि इपिएलमा पोखरा

राइनोजले वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध गरेको थियो । भैरहवा

ग्ल्याडियटर्सले वेस्ट इन्डिजका ड्वेन स्मिथ, ललितपुर प्याट्रीयट्सले पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका उपुल थरंगालाई टोलीमा भित्र्याएको थियो ।

काठमाडौं किंस ११ ले केभीन ओ ब्रायनको नाम सार्वजनिक गर्दा अन्य विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद

शाहजाद, पल स्टिर्लिङ खेल्ने पक्का भएको थियो । पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले भने कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन । अव ती विदेशी खेलाडी आउने वा नआउने स्पष्ट भने छैन ।

प्रतिकृया दिनुहोस्