मंगलबार , साउन १२, २०७८

को’रोनाबाट श्रीमान्-श्रीमतीको एकै दिन मृ’त्यु, गाउँभर त्रा’स

असार २५, २०७८ शुक्रबार 495

इलाम : को’रोना स’ङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृ’त्यु भएको छ । माङसेबुङ गाउँपालिका-५ का ७९ वर्षीय टेकबहादुर लावती र

उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृ’त्यु भएको हो ।श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे नि’धन भएको हो ।

लावती परिवारका सात जनामा को’रोना स’ङ्क्रमण पुष्टि भएकामा दुई जनाको नि’धन भएको हो । एकै परिवारका दुईको नि’धन भएसँगै गाउँमा निकै त्रा’स फैलिएको छ ।

स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस स’ङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ ।

छ दिनअघि उहाँहरुलाई स’ङ्क्रमण पुष्टि भएको थियो । स’ङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति

को’रोना स’ङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा को’रोना स’ङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा स’ङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । स’ङ्क्रमितमध्ये

एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै नि’धन भइसकेको थियो । जिल्लाभर ३७१ स’ङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ स’ङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र

स’ङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा स’ङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्र’सित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि स’ङ्क्रमण बढ्न थालेको हो ।

प्रतिकृया दिनुहोस्