मंगलबार , साउन १२, २०७८

पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिकामा तेस्रो

असार २६, २०७८ शनिबार 41

काठमाडौं : कोपा अमेरिकमा कोलम्बिया तेस्रो भएको छ । आज बिहान सकिएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोलले हराउँदै तेस्रो स्थान प्राप्त गरेको हो ।

कोलम्यिालाई जिताउन जुआन क्वार्डाडोले ४९  औं  र लुइस डियाजले ६६ र ९४ औं मिनेटमा गोल गरे । खेल २२ गाेलकाे बराबरी रहेर पेनाल्टीतिर

धकेलिंदै गर्दा डियाजले ९४ अाैं मिनेटमा गाेल गरेका हुन् ।  पेरुका युसीमार युटिनले ४५ औं र लामाडुलाले ८२ औं मिनेटमा गोल गरे ।

सेमिफाइनमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो । कोपाको उपाधिको लागि भोलि बिहान ब्राजिल र अर्जेन्टिना भिड्दैछन् ।

प्रतिकृया दिनुहोस्