शुक्रबार , साउन १५, २०७८

प्रदेश नम्बर १ को गत आर्थिक वर्षको बजेट खर्च ५८ प्रतिशतमात्रै

असार २६, २०७८ शनिबार 120

विराटनगर । प्रदेश नम्बर १ मा आर्थिक वर्ष ०७७/७८ को असार २४ गते सम्म करिब ५८ प्रतिशतमात्र बजेट खर्च भएको

छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ४० अरब ८९ करोड बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारको अन्तिम

कायम हुन आएको पूँजीगततर्फको बजेट २५ अरब २७ करोड ४७ लाख रुपैयाँ रहेकोमा १३ अरब २९ करोड ४९ लाख रुपैयाँ अर्थात् ५२

प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । असार २४ गतेसम्म चालूतर्फ भने ६६ प्रतिशत बजेट

खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनालले जानकारी दिए । प्रदेश लेखा नियन्त्रक कार्यालयका

सूचना अधिकारी ऋषिकुमार खनालले कोरोना महामारीका कारण बजेट खर्च गर्न कठिनाई भएको बताएका छन् । उनका अनुसार गतबर्ष पनि

कोरोना माहामारीका कारण बजेट खर्च कटौती गरिएको थियो । यस वर्ष पनि अन्यवर्षहरुमा जस्तै अन्त्यमा धमाधम निर्माण कार्यमा जोड दिएकाले

प्रदेशमा सञ्चालित धेरै बहुवर्षीय आयोजनाहरु सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पनि रहेका छन् । मुख्यतः प्रदेश सरकारका  मन्त्रीहरुले आप्नो क्षेत्रका

जनताको समस्या बुभ्mन, योजना कार्यान्वयनका साथै उत्पादन र उत्पादकत्व बढाउन समय नदिई औपचारीक कार्यक्रमम व्यस्त रहने भएकाले पनि बजेट खर्चमा समस्या आएको हो ।

प्रतिकृया दिनुहोस्