शुक्रबार , साउन १५, २०७८

प्रचण्डको दाैडधूप : बिहान नेपाल भेट्न कोटेश्वर, दिउँसो देउवा निवास बुढानिलकण्ठ

असार २६, २०७८ शनिबार 215

सत्तारुढ दल नेकपा एमाले एकताको बिन्दुमा पुग्नै लाग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधूप

निक्कै बढेको छ । शनिबारमात्रै उनी खुमलटारबाट कोटेश्वरदेखि बुढानिलकण्ठसम्म चहारेका छन् ।  शनिबार बिहान एमाले वरिष्ठ नेता माधव

कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्डले त्यहाँ नेता नेपालसँग लामै भलाकुसारी गरे । उनले नेपाललाई ओलीसँग मिल्ने सहमति भइसकेको

हो भन्ने प्रश्न पनि राखे ।  नेता नेपालले संसद विघटनको मुद्दामा आफू उनीसँगै रहेको आस्वस्त पारेपछि मात्रै प्रचण्ड त्यहाँबाट निस्किए । नेता

नेपाललाई प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला धोका दिनसक्ने भन्दै सचेत पनि गराए । कोटेश्वरबाट निस्किएका

प्रचण्ड दिउँसो सवा तीन बजेतिर बुढानिलकण्ठ पुगे । कांग्रेस सभापति शेर बहादुर देउवालाई भेट्न निवासमै पुगेका प्रचण्डले एक घण्टा त्यहीँ बिताए ।

एमाले एकताका कारण विपक्षी गठबन्धनमा देखिएको गतिरोध र अबका विकल्पका विषयमा प्रचण्ड-देउवाबीच १ घण्टासम्म छलफल चल्यो ।

एमालेमा युवा नेताको दबाबका कारण माधव नेपालले गठबन्धनको पछिल्लो बैठक छाडेपछि गठबन्धन निष्क्रिय जस्तै देखिएको छ । सोही निष्क्रियतालाई

तोड्नका लागि प्रचण्डले दौडधूप बढाएका हुन् । उनले खुमलटार-कोटेश्वर-बुढानिलकण्ठकाे रुटमा आफूलाई आज दिनभर व्यस्त बनाए । कोटेश्वरमा पुगेर

गठबन्धनबाट अलग नहुनका लागि एमाले नेता नेपाललाई फकाएका प्रचण्डले बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग गठबन्धनको पक्षमा सक्रियताको लागि छलफल गरे ।

सर्वोच्च अदालतले २८ गते सोमबार संसद विघटन सम्बन्धमा फैसला गर्ने पूर्वनिर्धारित अवस्थामा प्रचण्डको भेटघाट दौडधूपलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्