शुक्रबार , साउन १५, २०७८

आज विश्व जनसंख्या दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

असार २७, २०७८ आइतबार 106

काठमाडौँ । आज विश्व जनसंख्या दिवस, ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने मूल

नारासहित मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। विश्व जनसंख्यासम्बन्धी विभिन्न मुद्दाहरूकाे उठान गर्ने क्रममा सन्

१९८९ बाट याे दिवस मनाउन लागिएकाे हाे । सन् १९८७ जुन ११ तारिखमा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसरमा भएको विश्व जनसंख्या

सम्मेलनले यो दिवस घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष जुन ११ तारिखमा जनसंख्या दिवस मनाउने गरिन्छ । नेपालमा पनि हरेक

जनसंख्या दिवस मनाइन्छ । यस वर्ष काेराेना महामारीका कारण कुनै ठूला कार्यक्रम नगरी औपचारकिताका लागि मात्रै दिवस मनाइन लागेको हो ।

नेपालमा यसै वर्ष जनगणना समेत हुने भएकाे छ । २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । अबकाे गणनामा भने याे जनसंख्या ३ करोड नाघ्ने अनुमान गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्