शुक्रबार , साउन १५, २०७८

युवा नेताहरूसँग कांग्रेस पूर्वसहमहामन्त्री केसीको छलफल

असार २७, २०७८ आइतबार 100

कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले १४औँ महाधिवेशनको सन्दर्भमा युवा नेतासँग छलफल सुरु गरेका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित

अनमोल फुडल्यान्डमा केसीले सोमबार युवा नेताहरूसँग छलफल गरेका हुन् ।केसीले युवा नेताहरू गगन थापा, चन्द्र भण्डारी, बद्री पाण्डे, गुरुराज घिमिरे, किरण यादव,

रामकृष्ण यादवलगायतसँग छलफल गरेका हुन् ।केसीले १४औँ महाधिवेशनमा संस्थापनइतरबाट सर्वसम्मत उम्मेदवार तय गर्नुपर्ने र शेरबहादुर देउवालाई नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताएका छन् ।

नेतृत्वका लागि युवा पनि एकढिक्का भएर आउनुपर्नेमा केसीको जोड छ ।१३औँ महाधिवेशनमा केसी देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए । देउवा निर्वाचन भए पनि

महामन्त्रीमा भने रामचन्द्र पौडेल प्यानलका डा. शशांक कोइराला निर्वाचन भएका थिए । देउवाले धोका दिएको केसीको बुझाइ छ ।यसअघि केसीले संस्थापनइतरका सभापतिका आकांक्षीको छलफलको वातावरण बनाएका थिए ।

प्रतिकृया दिनुहोस्