मंगलबार , साउन १२, २०७८

युरोकपको फाइनल आज : को होला विजेता ?

असार २७, २०७८ आइतबार 307

रोकपको फाइनल खेल आइतवार (नेपाली समयअनुसार सोमवार बिहान) हुने भएको छ ।फाइनलमा इंग्ल्यान्डको भिडन्त इटलीसँग हुन लागेको छ । लन्डनको वेम्ब्लीमा खेल हुँदैछ ।

सन् १९६६ मा पश्चिम जर्मनीलाई विश्वकपको फाइनलमा हराएपछि इंग्ल्यान्ड कुनै पनि महत्त्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन । तर यसपालि डेनमार्कलाई सेमीफाइनलमा हराएर

इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।उता इटलीले स्पेनलाई सेमीफाइनलमा हराएर फाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा पेनाल्टी शूटआउटले नतिजा निर्धारण गरेको हो ।

इटलीले यस प्रतियोगितामा शानदार प्रदर्शन गरेको छ । उसले एउटा पनि हार बेहोेरेको छैन भने उसका जीतहरू पनि प्रभावशाली छन् । विगत ३३ खेलदेखि इटली अपराजित छ ।

त्यसो त यस प्रतियोगितामा इंग्ल्यान्डले पनि कुनै खेलमा पराजय बेहोरेको छैन ।युरोकपमा इटलीले पनि सन् १९६८ पछि उपाधि जितेको छैन । सन् २०१२ मा ऊ उपविजेता रहेको थियो ।

इंग्ल्यान्डको खेलाडीको कुरा गर्दा फिल फोडेन घाइते छन् । उनी शनिवारको अन्तिम ट्रेनिङ सेसनमा देखिएनन् । त्यसैले उनी शुरूआती लाइनअपमा नरहने सम्भावना छ । राइट विंगमा बुकायो साका र जेडन सान्चोबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले चारजना डिफेन्डर उतार्ने पुरानै फर्मेसनलाई अपनाउने देखिन्छ ।उता इटलीको कुरा गर्दा

स्पिनाज्जोलाको अभाव इटलीलाई खट्किन सक्छ । उनको स्थानमा इमरसन पाल्मिएरीले स्पेनविरुद्ध राम्रो खेल देखाएका थिए र त्यस्तै खेल दोहोर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्