शुक्रबार , साउन १५, २०७८

अध्यक्ष ओलीले स्थायी कमिटी बैठकअघि नै माधव नेपालसँग भेट्ने तयारी

असार २८, २०७८ सोमबार 129

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालसँग

भेटवार्ताकाे  तयारी गरेकाे बताइएको छ । एमाले एकता प्रयास जारी रहेका बेला दुवै नेताबीच भेट गराउन दाेस्राे तहका नेताहरू समेत

सक्रिय रहेका छन् । अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेरै भेटका लागि प्रस्ताव गर्ने तयारी रहेको एमाले स्थायी कमिटी सदस्य सुवास

नेम्वाङले जनाएका छन् । उनका अनुसार सम्भवतः आज बस्न लागेको एमाले स्थायी कमिटी बैठकअगाडि नै ओली र नेपालबीच भेट

हुनेछ । यद्यपि यसका लागि समय र स्थान पनि तय भइनसकेको नेम्वाङको भनाइ छ । आइतबार अबेर मात्र एमालेभित्रको विवाद

समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको थियो । आज पार्टीको स्थायी कमिटी बैठक बोलाइएको छ, जसमा

उक्त सहमति पत्रको अनुमोदन गर्ने तयारी रहेको छ । तर माधव नेपालले भने सोमबार बिहानै सामाजिक सञ्जालमार्फत एमालेका

२३ सांसदले विपक्षी गठबन्धनलाई दिएको समर्थन यथावतै रहेको बताएका छन् । यसले एमाले एकतामा अवरोध कायमै रहेको संकेत गर्दछ ।

प्रतिकृया दिनुहोस्