शुक्रबार , साउन १५, २०७८

इटालीका गोलरक्षक डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी

असार २८, २०७८ सोमबार 26

एजेन्सी । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरो कपको सर्वोत्कृष्ट खेलाडी

घोषित भएका छन् । यूईएफए युरो २०२० को प्राविधिक समितिले उनलाई सर्वोत्कृष्ट खेलाडी

चुनेको हो । २२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक

युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले २ प्रहार रोकेका थिए ।

डोनारुम्माले सेमिफाइनलमा स्पेन र फाइनलमा इंग्ल्यान्डविरुद्ध टाइब्रेकरमा निर्णायक भूमिका खेलेका थिए ।

उनले व्यक्तिगत र टोलीको महत्त्वपूर्ण सदस्यको रुपमा गरेको प्रदर्शनलाई आधार मान्दै प्राविधिक समितले उनलाई उत्कृष्ट खेलाडीमा चुनेको हो ।

प्रतिकृया दिनुहोस्