मंगलबार , साउन १२, २०७८

माधव नेपाललाई पेलेरै कार्यदलद्वारा एमालेको एकता (१० बुँदे सहमतिसहित)

असार २८, २०७८ सोमबार 167

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको विमतिका साथ दुई समूहमा विभाजित एमालेको एकता

सम्पन्न भएको छ । सर्वाेच्च अदालतको फैसलापछि मात्र पार्टी एकताबारे छलफल गर्न आफूनिक कार्यदलका सदस्यलाई सुझाव दिइएपनि

त्यसविपरीत १० बुँदे सहमतिका साथ आइतबार एकताको सकारात्मक सन्देश दिइएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा

आइतबार विहानदेखि बसेको बार्यदलको बैठकले राति अबेर साढे १० बजे एकताको सन्देश दिएको हो । नेपाल समूहका कार्यदलका संयोजक

भीम रावलले एकताको सन्देश दिएपछि ओली समूहका नेता प्रदीप ज्ञवालीले १० बुँदे सहमतिपत्र पढेर सुनाएका थिए । यसअघि पटक पटक

एमालेको एकता असम्भव भए पनि आइतबार नेता नेपालको विमतिका साथ उनलाई पेलेरै एकताको सन्देश दिइएको छ । बैठकले २०७७ फागुन

२३ पछि सर्वाेच्चको फैसलापछि एमालेमा रहेका स्थायी कमिटी र केन्द्रीय कमिटी सोहीअनुरुपको रहेको सहमति भएको छ । त्यस्तै, एमाले पुनर्जिवित

भए पछि पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र सांगठनिक कामकारबाहीहरु स्वत बदर भएका छन् ।

प्रतिकृया दिनुहोस्