शुक्रबार , साउन १५, २०७८

सिंहदरबारमा एमाले कार्यदलको बैठक : माधवकुमार नेपाललाई नै हटाएर एकताको सहमति गर्ने तयारी

असार २८, २०७८ सोमबार 46

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नै हटाएर एकताको सहमति गर्ने तयारी गरिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको कार्यदलको

बैठकले दुई समूहबीच एकता लागि तयार पारेको मस्यौदामा नेता नेपालले असहमति जनाएपछि उनलाई नै हटाएर एकताको सहमति गर्ने प्रयास अघि बढाइएको बताइएको छ ।

नेता नेपालनिकट नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेर एकताको सहमतिका बुँदाहरुबारे ब्रिफिङ गरेका थिए । तर, नेपालले सहमतिको मस्यौदामा सर्वाेच्च

अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेर सर्वाेच्चको फैसलाअघि केही कदम नचाल्न सुझाव दिएका थिए ।

साथै, नेता नेपालले आफूलाई हटाएर एकताको सहमति गरिएको खण्डमा अमान्य हुने कार्यदलका सदस्यलाई भनेका छन् ।सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको कार्यदल आइतबार विहानदेखि

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले एकता गर्न छलफलमा तल्लिन छ ।शनिबार नेपालनिकट नेता गोकर्ण विष्टले आइतबार एकताको सन्देश दिने बताएका थिए ।

तर, नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको फैसलाअघि एकता गर्न हतार नगर्न सुझाव दिएसँगै एकता लम्बिने वा टुंगिने विषयतिर अघि बढ्दै गर्दा कार्यदलले बरु नेपाललाई

नै हटाएर एकताको सन्देश दिन चाहेको बताइएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका

२३ सांसदले हस्ताक्षर गरेका छन् । साथै, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा बहस सकिएर हेर्दाहेर्दैमा राखिएको छ भने सोमबारका लागि पेशीमा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्