मंगलबार , साउन १२, २०७८

एमाले कार्यदलको बैठक हलभित्र छिरेका घनश्याम भुसालले भने- ‘हेर्दै जाऔँ, के हुन्छ ?’

असार २८, २०७८ सोमबार 229

काठमाडौं । सिंहदरबारमा जारी एमाले कार्यदलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललाई नै हटाएर भए पनि एकताको सहमति खोज्ने तयारी भइरहँदा बैठकबाट

बाहिरिएर फेरि बैठक हलमा छिरेका नेता घनश्याम भुसालले ‘हेर्दै जाऔँ’ भनेर भित्र प्रवेश गरेका छन् ।वार्ता यसअघिको जस्तै भइरहेको एकताको विषयमा केही भन्न नसकिने बताउँदै उनले

‘हेर्दै जाऔँ’ भन्दै पुनः बैठक हलमा प्रवेश गरेका छन् ।उनले बैठक हलमा प्रवेश गर्नुअघि भने, ‘वस्तुस्थिति हिजोको भन्दा आज फरक छैन । हिजोअस्ति जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ ।

टुंगामो पुगिन्छ, पुगिँदैन अहिले नै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं ।’नेपाल निकट नेता भुसाल र रघुजी पन्त नेता नेपाललाई नै हटाएर एकताको तयारी छैनन् भने

नेता भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे नेपाललाई हटाएर भए पनि अब जसरी एकताको सन्देश दिनुपर्ने पक्षमा छन् ।सिंहदबारमा साढे ११ घण्टादेखि जारी बैठक अझैँ चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्