मंगलबार , साउन १२, २०७८

‘आई एम विथ केपी ओली’ भन्दै काठमाडौंमा एमालेको भातृ संगठन युवा संघको प्रदर्शन

असार २८, २०७८ सोमबार 229

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको बानेश्वरमा युवा संघल सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दी पार्न खोजिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरुले

‘आई एम विथ केपी ओली’, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं’, ‘संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘व्यवस्था विरोधी कदम बन्द गरौं’लगायतका प्लेकार्ड बोकेका थिए ।

त्यस्तै सहभागीहरुले ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ’कानूनी शासन कायम गरौं’, ’बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।

त्यस्तै आइतबार नै एमाले निकट खेलकूद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्रदर्शन गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए । खेलकूद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम’भएको र मुलुकमा अराजक

अवस्था सिर्जना गर्न खोजिएको भन्दै खबरदारी गरिएको बताए ।एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस्