शुक्रबार , साउन १५, २०७८

माधव नेपालले गठबन्धनको साथ छाड्ने, देउवाले भोलि सानो मन्त्रिपरिषद् विस्तार गर्ने

असार २९, २०७८ मंगलबार 124

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू गठबन्धनमा नरहने गठबन्धनका दुई नेतालाई जानकारी दिएका छन् ।

एमाले पार्टी एकताको तयारीमा रहेको र गठबन्धनमा रहेर निरन्तरता दिन नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

दाहाल ‘प्रचण्ड’लाई सोमबारको गठन्धनको बैठकमा बताएको स्रोतले बतायो ।आइतबार राति साढे १० बजे दुई एमालेबीच भएको १० बुँदे सहमतिअनुसार अब आफू एमाले एकताका लागि कार्यदलले

गरेको सहमति अनुसार अघि बढ्ने र गठबन्धनबाट बाहिरिने निर्णय गरेको दुवैलाई उनले जानकारी गराए।आफू विपक्षी गठबन्धन आबद्ध नभए पनि संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह

आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै आफ्नो सहभागिता पनि अन्त्य भएको उनले बताएका छन् ।साथै, प्रधानमन्त्री बन्न लागेका देउवालाई कार्यकालको शुभकामना पनि नेता नेपालले दिएका छन् ।

यता, नेपाली कांग्रेसका नेता बालकृष्णा खाँणका अनुसार सर्वाेच्च अदालतको सोमबारे फैसलासँगै भोलि देउवा नेतृत्वको सरकारले सानो मन्त्रिपरिषद्

विस्तार गर्ने गठबन्धनको बैठकमा निर्णय भएको छ ।नेता खाँणका अनुसार भोलि सानो मन्त्रिपरिषद् विस्तार गरिने र त्यसपछि थप गर्दै गइनेछ र यसअघि बैठक बसिनेछ ।

प्रतिकृया दिनुहोस्