शुक्रबार , साउन १५, २०७८

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

असार २९, २०७८ मंगलबार 114

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधन गर्ने समय भने तय भइसकेको छैन ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि

नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ ।

प्रतिकृया दिनुहोस्