मंगलबार , साउन १२, २०७८

चीनमा एउटा होटलको भवन भ’त्किँदा कम्तीमा १७ जनाको ज्यान गयो

असार ३०, २०७८ बुधबार 179

काठमाण्डाै – चीनमा एउटा होटलको भवन भ’त्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । भवन भ’त्किँदा अन्य ६ जना घा’इते भएका छन् ।

शङ्घाईको नजिकको सहर सुजुमा रहेको एउटा होटल भ’त्किएको ३६ घण्टापछि उद्धार गरिएकोमा १७ जनाको ज्यान गइसकेको र ६ जना जीवितै रहेका बीबीसीले जनाएको छ ।

जीवित भेटिएका ६ जनामध्ये पाँच जना घा’इते रहेका र एक जनालाई कुनै चोट पटक नलागेको बताइएको छ ।भवनको निर्माणमै कमजोरी रहेका कारण भ’त्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ ।

सुरुमा तीन तला रहेको भवनमा पछिल्ला दिनमा तला थप्दै लगेको स्थानीयवासीले बताएका छन् ।५४ वटा कोठा भएको भवनमा १८ जना रहेका विवरण प्राप्त भएकोमा थप पाँच जना पाहुना

विना दर्ता बसेको पाइएको बीबीसीले जनाएको छ ।  यो घ’टना सोमवार स्थानीय समयअनुसार दिउँसो साढे तीन बजेतिर भएको थियो ।

चीनमा यसअघि पनि यस्ता घ’टना भएका छन् जसमा खराब निर्माण कार्यलाई दाेष दिइने गरिएकाे छ । गएकाे वर्ष फुजिआन प्रान्तमा एउटा होटेल भ’त्किँदा २९ जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्