शुक्रबार , साउन १५, २०७८

के सोच्दै होलान् देउवा !

असार ३०, २०७८ बुधबार 88

गत आम निर्वाचनमा प्रतिनिधिसभाका २७५ मध्ये ६३ सिटमा सिमित भएको नेपाली कांग्रेस साढे तीन वर्ष नबित्दै सरकारको नेतृत्वमा पुगेको छ ।

करिब दुई तिहाई बहुमतका साथ २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली बिदा भएका छन् ।आम निर्वाचन २०७४ को परिणाम आउँदै

गर्दा कम्तीमा पाँच वर्षका लागि कांग्रेसलाई सत्तामा जाने ढोका बन्द भएको ठानिएको थियो । एकीकरणको घोषणाका साथ जनतासमक्ष मत माग्न गएको एमाले–माओवादी गठबन्धनले

दुई तिहाई बहुमत प्राप्त गरेपछि अब पाँच वर्षका लागि सत्ता समीकरण परिवर्तनको राजनीति खेल मैदानमा ताला लागेको विश्लेषण धेरैको थियो ।

एक चौथाइभन्दा कम सिटमा खुम्चिएर प्रतिनिधिसभाको अधिवेशनका लागि राष्ट्रपति समक्ष निवेदन दिने हैसियत समेत नभएको कांग्रेसको संसदीय दलको नेता

निर्वाचन यही विश्लेषणको सेरोफेरोमा भएको थियो । त्यतिबेला धेरैले अनुमान गरेका थिए कि आफ्नो नेतृत्वमा पार्टीले करारी हार ब्यहोरेकोले सभापति देउवाले नैतिक दायित्व

बोध गरेर सभापति पदबाट राजीनामा देलान् वा पार्टीको विशेष महाधिवेश गराउलान् ।’अर्को अनुमान थियो कि सत्ता समीकरण परिवर्तनको खेल मैदानमा पाँच वर्षका लागि ताला लागेका

कारण ६३ सदस्यीय संसदीय दलको नेतृत्वका लागि सभापति देउवाले दाबी नगर्लान् ।यी दुवै अनुमानहरू झुटा सावित भए । भएभरको समाथ्र्य प्रयोग गरेर सभापति देउवा संसदीय दलको नेता पदमा निर्वाचित भए ।

पार्टीको विशेष महाधिवेशन त परै जाओस् अग्रिम महाधिवेशन गराउने प्रस्ताव समेत देउवाले रद्दीको टोकरीमा फालिदिए । यतिसम्म कि महाधिवेशन गर्नुपर्ने स्वाभाविक म्याद पनि गुजार्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिइरहे ।

आम विश्लेषकले गर्ने अनुमान र देउवाले गर्ने अनुमानमा फरक रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ । देउवा भावी परिस्थितिको आकलन गर्न सक्ने ‘विशेष क्षमता’ का नेता रहेछन् भन्ने कुरामा अब बहस गरिरहनु परेन ।

देउवाले पार्टीको महाधिवेशन नगराई किन म्याद थप्दै आएका रहेछन् र ६३ सदस्यीय संसदीय दलको नेता बन्न किन भएभरको सामथ्र्य प्रयोग गरेका रहेछन् भन्ने प्रश्नको उत्तर जनसमक्ष छर्लङ्गै हुने गरी आइसकेको छ ।

आफ्नो काँधमा आएको यो ऐतिहासिक जिम्मेवारी र अवसरलाई देउवाले कसरी उपयोग गर्लान् भन्ने प्रश्नको सेरोफेरोमै अबको केही

साता राजनीतिक बहस केन्द्रित रहनेछ । यो जिम्मेवारी तथा अवसरप्रति स्वयं देउवाको ठम्याइ के होला भन्ने चासो बढी महत्वपूर्ण छ ।

प्रतिकृया दिनुहोस्