मंगलबार , साउन १२, २०७८

भानु जयन्तीको अवसरमा मर्चुअल कविता वाचन

असार ३१, २०७८ बिहिबार 84

काठमाडौं : भानु जयन्तीको अवसरमा भर्चुअल माध्यमबाट कविता वाचन सम्पन्न भएको छ। साहित्यसागर डटकमको आयोजनामा २०८ औँ भनुजयन्तीको अवसरमा कविता वाचन गरेको हो।

भानु जयन्ती र अन्तराष्ट्रिय भाषा साहित्य दिवसकको अवसरमा आयोजित कार्यक्रममा विभिन्न देशका कवि र विशिष्ट व्यक्तित्वको सहभागिता थियो।साहित्यसागर टडकमका अध्यक्ष एवम् प्रधान सम्पादक

मणि नेपाली पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा वासुदेव त्रिपाठी प्रमुख अतिथिका रुपमा सहभागी थिए। कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् काव्य विभाग प्रमुख हेमनाथ पौडेल

विशेष अतिथिका रुपमा सहभागी थिए। कार्यक्रमममा रमेश शुभेच्छुले साहित्यसागरको परिचय र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।उनले कार्यक्रम भानुजयन्तीको पूर्व सन्ध्यामा

देश र विदेशका सहभागीको समय मिलाउनलाई अलि चाँडै गर्नु परेको बताए। उनले एन आर एन एको भाषा साहित्य उपसमितिले सन् २०१८ मा अमेरिकाको बोस्टन सहरमा आयोजित भाषा

साहित्य सम्मेलनबाट भानुजयन्तीलाई अन्तराष्ट्रिय भषा साहित्य दिवसका रुपमा मनाउन थालेको पक्ष पनि उजागर गर्र्दै सोही अवसरमा यो कार्यक्रम स्वदेश विदेशमा रहेका प्रतिनिधि कविहरुबिच

भेटघाट र रचना वाचन एवम् भानुभक्तीय विमर्शका उदेश्यले आयोजना गरेको बताउँदै स्वागत मन्तव्य राखे।शुभेच्छुले आचार्य नेपाली जाति र विश्वभरि छरिएको नेपाली महाजातिको साझा विम्ब भएको

पक्ष उजागर गर्दै विश्वका विभिन्न ठाउँमा झन्डै तीन सय सालिक निर्माण भएको, नेपाली जहाँजहाँ पुगे त्यहाँ त्यहाँ भानुभक्त पुगेको चर्चा गरे। कार्यक्रममा प्रा.डा हेमनाथ पौडेलले भानुभक्तको विषयमा मन्तव्य व्यक्त गरे।

उनले भानुभक्त आचार्यका काविता र काव्यकृतिको चर्चा। यस्ता कार्यक्रमले भानुभक्तको सम्मान हुने बताए।कविगोष्ठीको आरम्भमा कवि गीता सापकोटाले भानुभक्तीय रचना वाचन गरेकी थिइन्।

सो कार्यक्रममा अतिथि कविका रुपमा डा. राजेन्द्र विमल, डा अमर गिरी, दिनेश अधिकारीलगायतले कविता वाचन गरेका थिए। कार्यक्रममा विभिन्न देश र ठाउँको प्रतिनिधित्व थियो।

विभिन्न देश र जिल्लको प्रतिनिधित्व गर्दै भुवनहरि सिग्देल, काठमाडौँ, राजेन्द्र अर्याल, क्यानडा, अमर बानियाँ लोहोरो, सिक्किम, भारत, पुण्यसागर मरठ्ठा, क्यानडा, महेश प्रसाईं, विराटनगर,

पदम विश्वकर्मा उपाध्यक्ष वोर्ड अफट्रस्टी अनेसास, अमेरिका, प्रकाशमणि दाहाल, झापा, नेपाल, वैकुण्ठ आचार्य उपाध्यक्ष, श्रष्टासाँझ अमेरिका, भवानीप्रसाद अधिकारी, मणिपुर भारत, प्रा. डा. कृष्णप्रसाद दाहाल,

नेपाल, अमित राई, कुवेत, डम्बर पहाडी, इलाम, नेपाल, पुण्य खरेल, झापा, नेपाल, डा गोविन्दसिं रावत, क्यानडा, सुधीर क्षेत्री कालिम्पोङ, भारत, कविता राई खोेटाङ, गोविन्द गिरी प्रेरणा,

अमेरिका, डा. खेमराज नेपाल असम भारत, मोहनराज शर्मा म्यानमार। डम्बर दाहाल–असम भारत, नरनाथ लुइटेल –भोजपुर, डा. लेखनाथ काफ्ले –ताइवान, गीता खत्री, काठमाडौ, नारायणप्रसाद होमगाईं,

कोलकता भारत, प्रभा भट्टराई– तनहुँ, गोविन्द गौतम, मस्को, प्रा.डा. खेमनाथ दाहाल, मोरङ, कृष्ण बजगाईं, बेलायत, राजन शर्मा अष्ट्रेलिया, प्रह्लाद पोखरेल, काठमाडौँ, वसन्त श्रेष्ठ

पूर्वअध्यक्ष, अनेसास, अमेरिका, प्रा. डा. घनश्याम परिश्रमी, भैरहवा, सुधीर क्षेत्री कालिम्पोङ, भारत, दुर्गा नेपाली, मोरङ, नेपाल, भावकेशर बराल, सिन्धुलीले कविता वाचन गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वासुदेव त्रिपाठीले भर्चुअल माध्यमबाट देश विदेशका स्रष्टालाई भेट्ता र वर्तमान कविताको धार थाहा पाउँदा सुखी लागेको बताए।

उनले भानुभक्त नेपाली जातिका साझा कवि भएको भन्दै भानुभक्तको रामायणलाई आनुवाद मान्नु नहुने र त्यो कृति नेपाली साहित्यको

मौलिक कृति भएको मूल्याकन गरे। कार्यक्रमको समापन गर्दै अध्यक्ष पनेरुले समय समयमा यस्ता कार्यक्रम गरी नेपाली जातिको पहिचान रक्षा गर्ने बताए

 

प्रतिकृया दिनुहोस्