शुक्रबार , साउन १५, २०७८

दराजबाट वस्तु खरिद, आईएमई पेबाट भुक्तानी

असार ३१, २०७८ बिहिबार 126

आईएमई पे र इ–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ।सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट सामान खरिद गर्दा आइएमई पेबाट

सजिलै भुक्तानी गर्न सक्नेछन्।साथै, यही साउन १ गतेबाट सुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट सुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भई आइफोन

१२ लगायत थुप्रै उपहार प्राप्त गर्न सक्नेछन्।सम्झौतापत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रालि नेपालका प्रबन्धनिर्देशक लिनो

अह्लेरिङ्गले हस्ताक्षर गरेका छन्।बुधवार पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका

अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले दराज जस्तो इ–कमर्स कम्पनी र आईएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यले नेपाल सरकारले अघि

सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताए।साथै, प्रबन्धनिर्देशक ढकालले कोभिड–१९ ले प्रभावित साना तथा मझौला

उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आईएमई पेले सक्दो भूमिका खेल्ने प्रतिबद्वता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्