शुक्रबार , साउन १५, २०७८

यो वर्ष होला त सौगात र सृष्टिको विवाह ?

असार ३१, २०७८ बिहिबार 279

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेम चलचित्र वृत्तमा नौलो विषय होइन । पछिल्लो समय उनीहरु लिभिङ टुगेदरमा रहेको समाचार समेत आउने गरेका छन् ।

केही फिल्ममा सँगै अभिनय गरेका उनीहरुले सुरुका समय भने प्रेम लुकाउने कोसिस गरेका थिए । तर अहिले भने उनीहरु सामाजिक संजाल मार्फत एक अर्काप्रतिको प्रेम बिभिन्न माध्यमले बाहिर ल्याउने गर्दछन् ।

केही समय अगाडि यो जोडी विवाहको तयारीमा पनि थिए । को’रोना लगायत विभिन्न कारणले गर्न उनीहरुको त्यो योजना पुरा हुन सकेन । अहिले पनि यो जोडी विवाहको तयारीमा जुटेको समाचार बाहिर आएको छ ।

अभिनेता सौगातले पनि मिडियासँगको कुराकानीका क्रममा यो वर्ष विवाह गर्ने योजना रहेको बताएका छन् ।अभिनेता सौगात अहिले फिल्म

अभिनयको अलवा निर्माणमा पनि सक्रिय छन् । सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनको समेत लगानी रहेको छ । यो फिल्म निर्माणमा उनलाई सृष्टिले पनि साथ दिएकी छन् ।

प्रतिकृया दिनुहोस्